Aamsanchar

चट्याङ लागेर बालकको मृत्यु

Author Image
मङ्गलवार, असोज १८, २०७३

पाँचथर।

1474008718chatyang

चट्याङ लागेर गएराति पाँचथरको मेमेङका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेमेङ–८ बस्ने गजेन्द्र लिम्बूका पाँचवर्षीय छोरा अमित लिम्बू रहेका छन् ।

उनलाई घरमा खेल्दै गरेको अवस्थामा चट्याङले लागेको थियो । चट्याङ लागेसँगै उनको घटनास्थलमै मृत्यु भएको थियो ।

शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर