Aamsanchar

राईका सम्झनामा छात्रवृत्ति अक्षय कोष

Author Image
मङ्गलवार, असोज १८, २०७३

मोरङ ।

school

शिक्षा क्षेत्रमा पु¥याएको योगदानस्वरुप उर्लाबारी–३ स्थित राधिका माविका तत्कालीन प्रअ स्व दिलीप राईका सम्झनामा रु चार लाख बढीको छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको छ ।

उर्लाबारी परिवार हङ्कङले स्व राईको स्मृति दिवसका दिन वितरण गर्ने गरी छात्रवृत्ति अक्षय कोषको स्थापना गरेको अध्यक्ष विकास सुब्बाले जानकारी दिनुभयो । संस्थाले उर्लाबारीको कुमारी बैंकमा रु चार लाख ३० हजार राखेको र त्यसको ब्याजबाट प्रत्येक वर्ष उर्लाबारी नगरभित्र रहेका सामुदायिक विद्यालयबाट कक्षा १० मा उत्कृष्ट अङ्क ल्याउने एक एक छात्र र छात्रालाई छात्रवृत्ति वितरण गरिने छ ।

उर्लाबारीमा शिक्षा क्षेत्रमा राईले पु¥याएको योगदानलाई सधैँ स्मरणीय बनाउन कोषको स्थापना गरिएको संस्थाका नेपाल प्रतिनिधि राजु लामाले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर