Aamsanchar

घरसंगै जलिन् ४ महिने छोरी सृष्टि

Author Image
बुधवार, असोज १९, २०७३

हेटौँडा।

मकवानपुर जिल्लाको भैँसे–७ खोप्लाङमा गएराति सागर तिमल्सिनाको घरमा आगलागी हुँदा उहाँकी चार महिनाकी छोरी सृष्टी तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीमा उनका दिदी र दाई — ६ वर्षीया वर्षा तिमल्सिना र चार वर्षीय बादल तिमल्सिना सख्त घाइते भई भैँसेस्थित सुपारेटार ब्यारेकमा अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । बच्चाले टुकी खेलाउँदा खरको छानामा सल्केर भएको आगलागीबाट करिब रु दुई लाख बराबरको क्षति भएको प्रहरी सूत्रले जनाएको छ ।

घरमूली सागर तिमल्सिना सामान्य घाइते हुनुभएको र उहाँ पनि सुपारेटार ब्यारेकमा उपचार गरी फर्केको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर