Aamsanchar

सुरुङ्गा प्रेस क्लबले गर्यो तुलसीदासलाई अभिनन्दन्

Author Image
बुधवार, असोज १९, २०७३

tulsidas sir
सुरुङ्गा ।
सुरुङ्गा प्रेस क्लबले झापा कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी अग्रज पत्रकार तुलसिदास श्रेष्ठलाई अभिनन्दन गरेको छ । प्रेस क्लबले आप्mनो प्रथम स्थापना दिवसका अवसरमा अग्रज पत्रकार, साहित्यकार एंव पुराना शिक्षक श्रेष्ठलाई अभिनन्दन गरेको हो ।
श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले अभिनन्दन पत्र र दोसल्ला ओढाएर अभिनन्दन गरेका हुन् ।
कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि भण्डारीले श्रेष्ठलाई गरिएको अभिनन्दन सम्पूर्ण सुरुङ्गा क्षेत्रको अभिनन्दन भएको धारणा राख्नु भएको थियो ।

७८ बर्षिय श्रेष्ठले करिब ६० बर्ष अघिदेखि पत्रकारीता र साहित्य लेखनमा निरन्तर कलम चलाएका थिए भने शिक्षण पेशामा समेत लामो समयसम्म सेवा दिएका थिए । अग्रज साहित्यकार तथा सुरुङ्गा प्रेस क्लवका सल्लाहकार संयोजक कोमलप्रसाद पोखरेलले सम्मानित व्यक्तित्व श्रेष्ठको व्यक्तित्व परिचय दिएका थिए भने प्रेस क्लवकी सल्लाहकार एवं कनकाई उच्च मावि सुरुङ्गाकी प्राचार्य आशा शर्मा शिवाकोटीले अभिनन्दन पत्र वाचन गरेकी थिइन् ।

कार्यक्रममा विशिष्ट अतिथीद्वय नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भिम नेम्वाङ्ग र कनकाई नगरपालिकाका निमित्त कार्यकारी अधिकृत तेज बहादुर आचार्य, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका प्रमुख टंक बहादुर कार्की, कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणी पोखरेल, सल्लाहकार हिम्मत नेम्वाङ्ग, एमाले कनकाई नगर अध्यक्ष कोमल पन्त, अन्तरपार्टी महिला संजाल कनकाई अध्यक्ष सिता बस्नेत, नागरिक वडा मञ्च कनकाई ९ का संयोजक चन्द्र चुडाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
बिजया दशमीको शुभकामना आदानप्रदान समेत गरिएको कार्यक्रममा सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम प्रसाद निरौलको सभापतित्व एवं कार्यक्रम संयोजक सावित्रा दाहालले औचित्यमाथि प्रकाश पारेकी थिइन् । क्लबका उपाध्यक्ष मनोज बस्नेतले सहभागिलाई स्वागत गरेको कार्यक्रममको संचालन डिल्लीराम घोर्साईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर