Aamsanchar

नयाँ नोट कोलकातामा, २० र ५० को अभाव

Author Image
शुक्रवार, असोज २१, २०७३

झापा ।

money112

दशैंसंगै नया नोटको माग अत्यधिक बढेको छ । तर बजारमा २० रुपैयाँ र ५० रुपैयाँको नयाँ नोट अभाव भएको छ । राष्ट्र बैंकका अनुसार स्टक रहेको नोट सकिएपछि ग्राहकको मागबमोजिम २० र ५० रुपैयाँ दरका नयाँ नोट वितरण गर्न नसकिएको हो । स्टक थोरै रहेकै कारण राष्ट्र बैकले सुरुदेखि नै २० रुपैयाँका नोट वितरणमा केही कडाई गरेको थियो । उक्त कारण बैंक तथा वित्तीय संस्थाले पर्याप्त मात्रामा २० रुपैयाँका नोट पाएका थिएनन् ।
बजारमा २० र ५० दरका नयाँ नोट अपुग भएको राष्ट्र बैंकले पनि स्वीकारेको छ । दसैं तिहारका लागि भनेर छाप्न पठाएको ती दरका नयाँ नोट नेपाल आई नपुगेकाले माग अनुरुप वितरण गर्न नसकिएको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए ।

‘नयाँ नोट कोलकाता आइपुगेको छ । दसैं पछि नेपाल आउँछ,’ उनले भने, ‘तोकिएको समयमा नोट ल्याउन नसकिएकाले अभाव भएको हो ।’
राष्ट्र बैंकले बिहीबारसम्म विभिन्न दरका गरी झण्डै ५ अर्ब रुपैयाँ वितरण गरिसकेको छ ।

यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पनि झण्डै २ अर्ब रुपैयाँ वितरण गरिसकेको छ । यसवर्ष राष्ट्र बैंकले बढीमा प्रतिव्यक्ति ३७ हजार रुपैयाँसम्म नयाँ नोट वितरण गरेको छ ।
अघिल्लो वर्ष प्रतिव्यक्ति बढीमा २२ हजार रुपैयाँका दरले नोट वितरण गरेको थियो । असोज १६ बाट सर्वसधारणलाई नयाँ नोट वितरण सुरु गरेको राष्ट्र बैंकले असोज २१ गतेसम्म गर्ने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर