Aamsanchar

भारतीय चल्लासहित सत्र जना पक्राउ

Author Image
शनिवार, असोज २२, २०७३

गौर (रौतहट) ।

मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले ठूलो परिमाणमा भारतीय चल्लासहित १७ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई रौतहट, कर्कच कर्मैया–८ टिकुलियाबाट ११४ बाकसमा लुकाइछिपाइ ल्याइएको पाँच हजार ७०० चल्ला, दुई मोटरसाइकल र १६ साइकलसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कृष्ण भण्डारीले बताउनुभयो ।

बरामद भएको चल्ला जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको र पक्राउ परेकालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर