Aamsanchar

महिलाको हत्या

Author Image
शनिवार, असोज २२, २०७३

राजविराज ।

सप्तरी बोरिया गाविसमा  शङ्कास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ ।

बोरिया गाविस–१ स्थित नहरमा नाम ठेगाना नखुलेकी अन्दाजी २० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

मुखको दुवैपट्टिको भागमा ढुङ्गा प्रहार भएको र शरीरको अन्य भागमा समेत नीलडाम परेको अवस्थामा शव फेला परेको हुँदा कसैले उनलाई हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।

स्वास्थ्य परीक्षणका लागि उनको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत अध्ययन एवम् अनुसन्धान भइरहेको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर