गौशाला ।
महोत्तरी गैँढाभेटपुर गाविसस्थित पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गैँढाभेटपुर गाविस–६ का रामअशिष पण्डित कुम्हारकी पत्नी ५५ वर्षीया गुरकीदेवी पण्डित रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बडादसैँ चलिरहेका बेला दैनिक पूजाआजाका लागि पोखरीमा नुहाउनुपर्छ भन्दै गैँढाभेटपुर–७ स्थित रामजानकी मन्दिर अगाडिको सार्वजनिक पोखरीमा नुहाउन गएकी गुरकीदेवी सोही पोखरीमा डुबेर मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
स्थानीयवासीका अनुसार उनी नुहाउन गएको पोखरी गहिरो रहेको र उनी नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 143