Aamsanchar

भद्रपुरमा महाष्टमी पर्व धुमधामका साथ मनाइयो

Author Image
आइतवार, असोज २३, २०७३

भद्रपुर,।

14647441_901370856666678_589098412_o

झापाको भद्रपुरमा महाअष्टमी पर्व धुमधामका साथ मनाइएको छ ।

वडादशै सुरु भएको आज आठौ दिन अर्थात महाष्टमीमा माता दुर्गा भवानीको विशेष पूजाआजा गरी मनाइएको हो ।  भद्रपुर स्थित सार्वजनिक दुर्गा मन्दिर सहित नगर क्षेत्रका विभिन्न स्थानमा आयोजित सार्वजनिक दुर्गा पूजा स्थलहरुमा महाअष्टमी पर्व मनाएका हुन् ।
धार्मिक परम्परा अनुसार दुर्गा भवानीलाई शत्तिशाली बनाउन महाष्टमीका दिन मन्दिर तथा पण्डालहरुमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिएको छ ।
यता बंगाली युवा क्लव भद्रपुरद्धारा आयोजित १८ औ सार्वजनिक दुर्गा पूजा स्थलमा बंगाली समुदायका महिला, पुृरुष तथा बालबालिकाहरु महाष्टमीमा विशेष पूजाआजा गर्दै खुशी साटासाट गर्ने धार्मिक चलन रहेको छ । नेपाल बंगाली समाज झापामा समेत आवद्ध उनीहरुले आजका दिन व्रत बसि पूजा स्थलमा गएर दुर्गा मातालाई विशेष पूजाआजा गरी अञ्जली अर्पण गरेका थिए । यस समुदायका महिलाहरु रातो सारी सजिएर महाष्टमी पूजा गर्ने चलन छ ।
त्यस्तै भद्रपुर बजारमा रहेको कृष्ण मन्दिर छेऊमा विगत ७९ बर्षदेखि मनाउदै आएको सार्वजनिक दुर्गा पूजा स्थलमा समेत भक्तजनहरु घुइचो लागेको थियो । सो पूजा स्थलमा पनि महाष्टमीमा पूजाआजा गर्ने विहानैदेखि भक्तजनहरु लामद्ध बनेका थिए । सार्वजनिक दुर्गा मन्दिर परिसरमा बोकाहरु बली दिई कालरात्री पूजा गर्ने चलन पनि रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर