रसुवा,
चट्याङले ट्रान्सफर्मर जलेपछि रसुवाको सरमथलीका ८० धरधुरीले अन्धकारमै दसैँ मनाएका छन् । गाँउमा रहेको ट्रान्सफर्मर चट्याङले जलेपछि सरमथली–८ घिचेतका बासिन्दाको घरमा बिजुली नबलेको हो ।
टीकाको अघिल्लो दिन सोमबार ट्रान्सफर्मर जलेका कारण भएको घिचेतका सूर्य तामाङले बताउनुभयो । गाँउमा सडक नपुगेको कारण ट्रान्सफर्मर लैजान ढिलाई भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण कालिकास्थानका इन्चार्ज माधवप्रसाद तिमिल्सिनाका अनुसार बिहीबार सरमथली लच्याङ हुँदै चिलाउनेगाँउसम्म ट्रान्समिटर पु¥याइने र शुक्रबार बेलुकासम्ममा विद्युत सेवा नियमित हुन सक्ने सम्भावना छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 156