Aamsanchar

धनी र गरीब वीच ठूलो खाडल, आज अन्तराष्ट्रिय गरिबी निवारण दिवस

Author Image
सोमवार, कार्तिक १, २०७३

garib
हरेक वर्षको अक्टोबर १७ का दिन अन्तराष्ट्रिय गरिबी निवारण दिवस मनाइन्छ । गरिबी ले मान्छेहरुलाई धेरै प्रताडना, समस्या र मुलभुल मानव अधिकारवाट वञ्चित गराँउदछ, मानव अधिकार र गरिबीको यहि समबन्धलाई आत्मसाथ गर्दै फ्रान्सको पेरिस स्थित टरोकाडेरियो मा हजारौ मान्छेहरु भेला हुन्छन, स्मरण रहोस यहि ठाँउमा सन् १९४८ मा मानव अधिकारको प्रारम्भीक दस्तावेजमा हस्ताक्षर गरिएको थियो ।
अत्याधिक गरिबी, भोकमरी र यूद्धवाट प्रभावीत मानिसहरुको संझनामा आजको दिन मनाईन्छ । २२ डिसेम्बर १९९२ वाट संयूक्त राष्ट्रसँघको महासभाले हरेक वर्ष अक्टोबर १७लाई अन्तराष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउने घोषणा गरेको हो ।
यस दिन विभिन्न देशका राष्ट्रप्रमुख, परराष्ट्र पदााधिकारी अनि प्रतिनीधीहरुलाई एउटै थलोमा वोलाएर आआफ्नो देशको प्रमख प्रार्थमिक्ता गरिबी निवारण र भोककरी विरुद्ध योजनाहरु केन्द्रित गर्नका लागी सुचित गराईन्छ ।
समावेशी विकास र भरपर्दो जिवनयापनका श्रोतहरुनै गरिबी निवारणका प्रथम मापदण्डहरु हुन्, सहज रोजगारी केन्द्रित सिपहरु र मानिसहरुको सहज अनि सरल वित्तसस्थाहरु प्रतिको पहुँच पनि गरिबी निवारणकालागी एकदमै जरुरी छ ।
नेपालमा शुरुवाती कालमा ग्रामीण विकास वैक मार्फत विनाधितो सरल कर्जा र किस्तामार्फत कर्जा तिर्नसक्ने सहज ब्यवस्था गरेर स्थापना र विकास भएको गरिबी उन्मुलनकालागी ग्रामीण प्रयास अहिले आएर विभिन्न अन्य वैकं लगायत कृषी विकास वैंक अनि स्थानिय सहकारी, वित्त समुह अनि वचत समुहहरुले गर्दै आएका छन् । नेपाल पनि विस्तारै विस्तारै गरिबी उन्मुलनको दिगो मार्गमा अगाडी वढिरहेको छ भने वैदेशिक रोजगारमा जाने वढ्दो चलनले गाउघरमा राम्रा लुगा, टिभि, पक्काघर अनि जिवनस्तर वढ्दै गएका प्रमाणहरु प्रशस्तै छन । तर वैदेशिक रोजगारीवाट आएको विप्रेषण अर्थात रेमिटेन्सको वचत र उपयोगी ठाँउमा लगानीगर्ने चलन नवढ्ने अनि रेमिट्यान्सका पैसाहरु लगानी नभई खर्चमात्र हुने हो भने वैदेशिक रोजगार पनि गरिबी निवारणको दिगो विकल्प हुनसक्दैन । वचल गर्ने चलन अनि उधमशिलताकालागी लगानीगर्ने सस्कारको विकास गर्न जरुरी छ, वैदेशिक रोजगारमा गएर श्रम गर्ने नेपालीहरु फर्केर नेपाल आँउदा एउटा आयको दिर्घकालिन श्रोत र परिवार चल्ने भरपर्दो गुजाराको जरुरत हुन्छ, यस तर्फ सबैजनाको ध्यान जान जरुरी छ ।
नेपाल सरकार अन्तर्गत गरिबी निवारकोषले गरिबी उन्मुलनकालागी विभिन्न कार्यक्रमहरुमा लगानी गरिरहेको छ, आर्थिक विकासको मुलधारमा समाहीत हुननसकेका वर्ग र समुदायलाई आर्थिक विकासको मुलधारमा समाहीत गर्दै उनिहरुको जिवनस्तर, जिवनयापन र सशक्तिकरणका लागी गरिबी निवारण कोषले कार्य गर्दछ । अन्य विभिन्न दातृ निकायहरु जस्तै यूएनडिपी, विश्व वैंक र एसियन विकास वैंकले पनि नेपालमा गरिबी निवारणकालागी विभिन्न कार्यक्रमहरु र परियोजनाहरु सञ्चालन गर्दै आएका छन् । नेपाली सस्कारमा एकदमै जागीरप्रेमी सोच धेरै छ, देशको विकास उक्त देशमा उधमशीलताको विकास अनि यूवा उधमीहरुको विकासवाट नै संभव हुन्छ, उधमशीलतालाई केन्द्रितगरेर शिक्षा अनि चेतना विकास नगरिकन गरिबी उन्मुलन गर्न सहज हुदैन र अर्कोतर्फ पर्यटन अभिभृद्धि र औधोगीकरणतर्फ पनि सबैको ध्यान पुगोस् ।
कसैले पनि आधारभुत सेवाहरुवाट र आधारभुत आवश्यक्ताहरुवाट गरिबीकै कारण वञ्चित हुन नपरोस्, भोकमारि र यूद्ध नहोस्, गरिब र धनी विचको खाडल पुरिँदै जाओस्, सबैलाई शुभकामना । हाम्रो पात्रो 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर