पाँचथर ।
पूर्वमा लिम्वू समुदायले मान्ने बलिहाङ तङनाम पर्व सकिएको छ ।
कार्तिक त्रयोदशीदेखि शुरु भई प्रतिपदासम्म ४ दिन मनाईने यस पर्वमा लिम्वू समुदायका मानिस भेला भई प्रकृति, पृथ्वी, सूर्य र ग्रहको पूजाआजा गरी मनाउने गर्दछन् ।
यस पर्वमा वन देवतालाई पूजाआजा गरी सार्वजनिक स्थलमा सरसफाई गर्ने, यस्तै आफूहरुले पालेको पाल्तु जनावरहरुको पूजा गरी मिठोमिठो खाना दिने प्रचलन रहेको लिम्वूभाषा तथा संस्कृतिविद हरिशचन्द्र लावतीले जानकारी दिनुभयो ।
यस्तै, अन्तिम दिन नाम्लिङगे, नारिङगे अर्थात देउसी भैली खेल्ने गरिन्छ । लिम्वू समुदायले मान्ने बलिहाङ राजा सिकिस्त विरामी परेको र उनका सुभेच्छुकहरुले रातभर जाग्राम बसेर पूजाआजा गरी लारिङगे नाम्लिङगे अर्थात देउसी भैली खेलिएको पौराणिक कथा रहेको पाईन्छ ।
पूर्वका पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम लगायत लिम्वू बसोबास भएका ठाउँहरुमा यो पर्व विशेष रुपमा मनाउने गरिन्छ ।