Aamsanchar

आमालाई साक्षर बनाउन फेसबुकबाट रकम संकलन अभियान

Author Image
बुधवार, मंसिर ८, २०७३

बागलुङ :

sad-facebook-user-e1443336043893

बागलुङको अधिकारी चौरका आमाहरुलाई साक्षर बनाउन फेसबुकबाट अभियान थालिएको छ।  अधिकारी चौर गाविसमा रहेको ग्रामीण विकास मञ्चले निरक्षर आमाहरुलाई साक्षर बनाउने भन्दै आमा शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना सुरु गरेको हो।

सामाजिक परिवर्तनका लागि हाम्रो पनि सामाजिक उत्तरदायित्व भन्दै यसका लागि आवश्यक पर्ने अर्थ संकलन गर्नका आइतबारबाट फेसबुक अभियान चलिरहेको छ।  अभियान मार्फत अहिलेसम्म ४३ हजार ३ सय रुपैयाँ संकलन भएको अभियानका संयोजक उमेश बुढाले बताए।

अभियानका लागि संयोजक बुढा सहित ७ सदस्यीय टिमले अभियानलाई सामाजिक सञ्जालमा तीव्र पारेका छन्।  अभियान सकिएपछि आउने पुष १५ पछि कक्षा सञ्चालनको तयारी गरिने आर्थिक अभियानका सदस्य सुनिलकुमार घर्तीले जानाकारी दिए। राज्यका तर्फबाट समेत बेला बेलामा साक्षरता कक्षा सञ्चालन गर्दै आएता पनि अझैपनि निरक्षर आमाहरुको पहुँचसम्म उक्त प्रयास नपुगेपछि स्थानीय क्लवले कार्यक्रम सञ्चालनका लागि प्रयास थालेको हो।

क्लबले आमालाई साक्षर गराउने अभियानका लागि दीपावलीमा भैलो खेलेर ९० हजार रुपैयाँ सकलन गरेको थियो। तर त्यो रकम पहिलो चरणमा ४ वटा अध्ययन केन्द्र सञ्चालन गर्नका लागि ४ जना स्वयंसेवक शिक्षक, स्टेशनरी सामाग्री खरिद तथा स्वयंसेवक शिक्षकहरुका लागि तालिम लगायतका क्षेत्रमा खर्च हुने भएपछि रकम नपुग हुन सक्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा आर्थिक संकलन अभियान थालिएको क्लबले बताएको छ। थाहा खबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर