Aamsanchar

अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर

Author Image
बिहिवार, मंसिर ९, २०७३

काठमाडौं,

govinda-kc-jpg-582856da5aaf04.20048535

१२ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । उपचारमा संलग्न डा. दिव्या सिंह शाहका अनुसार केसीको शरीरमा सेतो रक्तकोषको कमी हुन थालेको छ भने बुधबारदेखि उहाँको घाटीमा पनि समस्या देखिएको छ ।

यससँगै केसीको मशल बाउँडिने, रिंगटा चल्ने, मुटुको धडकनमा अनियमितता हुने गरेको डा. शाहले बताउनुभयो ।  दशाैं पटक अनशनमा बसेका डा. केसीको माग सम्बोधन गर्ने बारे पहल भइरहेको सरकारले बताए पनि उपलब्धी भने खासै हुन सकेको छैन ।

केसीले  आइओएमको डिन नियुक्त गरिएका डा. केपी सिंहको राजीनामासहित चिकित्सा शिक्षा ऐन नआउँदै बिस्तारित कार्यक्रम वा अन्य कुनै बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिन, संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्दा विगतमा सुझाएका संशोधन समेटेर तथा माथेमा प्रतिवेदनका आधारमा पारित गर्न माग गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)