Aamsanchar

भारतीय अपराधी अत्याधुनिक हतियारसहित वीरगञ्जबाट पक्राउ

Author Image
बिहिवार, मंसिर ९, २०७३

वीरगन्जः

download (3)

राष्ट्रपति विद्यादेवी भण्डारी वीरगञ्ज आएकै समयमा बिहीबार बिहान पर्सा प्रहरीले एक कुख्यात अपराधीलाई अत्याधुनिक हतियारसहित पक्राउ गरेको छ ।

योग विज्ञान शिविर र पतञ्जली आर्युवेद उद्योगको उद्घाटन गर्न राष्ट्रपति भण्डारी वीरगन्ज अाएकै दिन प्रहरीले अत्याधुनिक हतियारसहित भारतीय अपराधी पक्राउ गरेको हो ।

हत्या, बलत्कार र चोरीको गाडी खरिद बिक्री जस्ता अपराधिक क्रियाकलापमा संलग्न भारतीय अपराधी पक्राउ परेका हुन् । भारत बिहार पूर्वी चम्पारण जिल्लाको ढाका सिकन्दरापुरको फेनाहरा घर भएका ३७ बर्षीय महम्मद समीम अख्तरलाई प्रहरीले वीरगन्जको पानीटंकी टोबलाट पक्राउ गरेको हो ।

मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अख्तरलाइ वीरगन्जको पानीटंकी टोलबाट हतियारसहित पक्राउ गरेको हो ।

उनको साथबाट स्वचालित पेस्तोल एक थान, गोली १८ राउण्ड, म्याग्जीन दुई थान, कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली पाँच राउण्ड, खैरो हेरोइन १९ ग्राम, लागु औषध स्पास्मो पोक्ससीभोन क्याप्सुल १६ थान बरामद भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर