Aamsanchar

खतरनाक भूकम्प ,यसकारण जादैछ नेपालमा भूकम्प

Author Image
आइतवार, मंसिर १९, २०७३

२०७२-वैशाख १२ गते शनिबार नेपालमा मध्याह्न हुनु केही अघि पृथ्वीको सतहभन्दा ९ माइल मुनिको चट्टान सर्‍यो र त्यसले एक धक्का दियो ।  काठमाडौं उपत्यकालाई चिरिदिएको यो धक्काको तरंग २० आणविक हतियार फाटेजति नै शक्तिशाली थियो भनी व्याख्या गरिएको छ । भौगर्भिक दृष्टिमा यो धक्का घडी हेरे जसरी सन् १९३४ (विसं १९९०) मा गएको भूकम्पको ठीक ८१ वर्षपछि आएको थियो ।  नेपालको भूकम्प प्रविधि राष्ट्रिय समाजको प्रतिवेदन अनुसार सन् १२५५ को अभिलेख अनुसार हिन्दू–यारलुङ रेखामा पर्ने यो क्षेत्रमा सालाखाला हरेक ७५ वर्षमा ८ रेक्टर स्केलको भूकम्प जाने गरेको देखिन्छ ।  यसरी भूकम्प जानुको कारण हो, नेपालको दक्षिणी सिमानाको सतहमुनि भएर गुज्रने लामो धाँजामा हुने नियमित हलचल, जहाँ ४ देखि ५ करोड वर्षअघि भारतीय उपमहाद्वीपको चट्टान युरोसिया चट्टानसँग जुधेको थियो । ‘भूविज्ञानका लागि भारतीय र युरेसिया चट्टान बीचको संघात एक नमुना हो’ हङकङ विश्वविद्यालयका भूभौतिकशास्त्री डा. लुङ एस चाङ भन्छन्, ‘भारतीय प्लेट भन्ने गरिएको प्लेट एसियाको उत्तरतिर वर्षको २ सेन्टिमिटर अर्थात इन्चका दरले अगाडि बढिरहेको छ । भौतिकविज्ञानका हिसाबमा यो ज्यादै द्रुत हो ।’ यी दुई प्लेटबीच घर्षण हुँदा क्रस्ट (पृथ्वीको माथिल्लो सतह­) चिरा–चिरा नपरुन्जेल तनाव र ऊर्जा पैदा भन्दै उनी भूकम्पलाई आणविक हतियारको विष्फोटनसँग तुलना गर्छन् । चाइना विश्वविद्यालयका भूकम्प विशेषज्ञ हङफेङ याङका अनुसार उक्त प्लेट २ मिटर सरेकाले नेपालमा यस पटक भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण अनुसार यो भूकम्प तुलनात्मक रूपले पृथ्वीको सतहमाथि नै गएको थियो । पृथ्वीको भित्री सतहमा जाने भूकम्पभन्दा बाहिरी सतहमा जाने यस्तो भूकम्प ज्यादा विनाशक हुन्छ र पछिपछि पनि साना धक्काहरू आई नै रहन्छन् । भूकम्पपछि ती प्लेटहरू फेरि हल्लन थाल्छन् र यसको समय पुन: तय हुन्छ । ‘उम्लिरहेको भाँडोको पानीले बिर्काे घचेटेजस्तै भूकम्पले ऊर्जा प्रवाह गर्छ,’ डा. चाङ भन्छन्, ‘तर फेरि बिर्काे लगाएपछि सामसुम भएजस्तै, यो पछाडि जान्छ ।’ टेक्टोनिक घर्षणको विशाल शक्तिका कारण मात्रै नेपाल विध्वंसकारी भूकम्पको जोखिममा भएको होइन, पृथ्वीको सतहमुनि लामो धाँजामाथि यो देश परेकाले पनि भूकम्पको जोखिम बढेको हो । जब जमिन चर्किन्छ र छुट्टिन्छ तब सामान्य धाँजाले खाली ठाउँ बनाउँछ ।  नेपाल यस्तो थेचारिएको भनिएको धाँजामा परेको छ, जहाँ एक टेक्टोनिक प्लेट अर्काेमाथि खप्टिन अघि सर्छ । यसको सर्वाधिक दृश्यमान परिणाम हिमशृखला नै हो । यो धाँजा १४ सय माइलसम्म पसारिएको छ । अनि भारतीय प्लेट र युरेसियन प्लेटबीचको निरन्तर घर्षणले यी शृंखलाको उचाइ हरेक वर्ष एक सेन्टिमिटरले बढिरहेको छ । नेपालमा नियमित जस्तो भूकम्प गइरहने देखिएता पनि यो कहिले जान्छ भन्ने चाहिँ पहिल्यै भन्न सकिँदैन ।  ‘टेक्टोनिक प्लेटहरूको ऐतिहासिक अभिलेख र तिनको आधुनिक मापनले के देखाउँछ भने,’ डा. याङ भन्छन्, ‘लगातार एकै खालको ऊर्जा संकलन भइरह्यो भने यो क्षेत्रमा हरेक ४०/५० वर्षमा महाभूकम्प जान्छ ।’ विज्ञहरूका अनुसार शक्तिले धाँजामा चाप पैदा गर्ने जटिलताको अर्थ हो वैज्ञानिकहरू कुनै क्षेत्रमा सय वर्षमा कति पटक सालाखाला भूकम्प जान्छ भन्ने अनुमान गर्न बाहेक अरू केही गर्न असमर्थ छन् । यद्यपि यसका प्लेटहरूको नियमित हलचलले गर्दा अन्यत्रको भूकम्पभन्दा नेपालको भूकम्प ज्यादा अनुमानयोग्य छ । किन यस्तो हुन्छ भन्ने बारेमा चाहिँ वैज्ञानिकहरु निश्चित छैनन् ।  पृथ्वीको टेक्टोनिक प्लेटहरू निरन्तर चालमा हुन्छन् । केही धाँजाहरूले संकलित तनावलाई भूकम्पका रूपमा निस्पाद गर्छन् । कुनै धाँजाले चाहिँ यो शक्तिलाई शान्तसँग छाडिदिन्छन् । ‘नेपालजस्ता केही क्षेत्रमा ऊर्जा  केही क्षणका लागि ठूला भूकम्पका रूपमा निस्पाद हुन्छन्,’ डा. चाङ भन्छन्, ‘यी क्षेत्रका आआफ्नै प्रकृति छन् जसको कारण भूगर्भविदहरूलाई थाहै छैन ।’ साभार : दि वालस्ट्रिट जर्नल

 

२०७२ साल १२ बैशाखको विनाशकारी भूकम्पपछि नेपालमा भूकम्पका विषयमा विभिन्न दृष्टिकोणबाट चर्चा चलिरहेको छ । यो भूकम्पको पूर्वानुमान गर्न कठिन भएपनि नेपाल सँधै यस्ता भूकम्पको खतरामा रहेको बैज्ञानिकहरुले बताउँदै आएका छन् । कतिपयले ज्योतिषीय हिसावले अनुमान गर्ने र पुगेको दावी गरेपनि हाल सम्मको कुनै पनि बैज्ञानिक प्रविधीले भूकम्पको पूर्वानुमान गर्न सक्दैन । यद्यपी नेपाल हिमालयन क्षेत्रमा पर्ने भएका कारण सँधै भूकम्पीय जोखिममा भने रहेको भूगर्भवीदहरु बताउँछन् । कतिपय बैज्ञानिकहरुले त हालै गएका भूकम्प अनुमान अनुसार नै गएको समेत दावी गरेका छन् ।

 

नेपाल सँधै भूकम्पीय जोखिममा छ ?
नेपालमा भूकम्प जानुको मुख्य कारण भारत र तिब्बतबीचको टेक्टोनिक प्लेटमा हुने घर्षण भएको बैज्ञानिकहरु बताउँछन् । हिमालयन रिजन भनिने यो क्षेत्रमा भूकम्पकको खतरा सँधै रहने उनीहरुको भनाइ छ । यो क्षेत्रलाई युरोएसियन टेक्टोनिक प्लेट्सको संगम विन्दु मानिन्छ । यसैकारण यो क्षेत्रमा समय समयमा झट्का लागिरहन्छ । भारत तर्फको प्लेट उत्तर तर्फ अघि बढिरहेको र तिब्बती प्लेटसँग यो प्लेटको संघर्षले नेपाल भूकम्पको चपेटामा पर्ने गरेको छ ।

 

किन आइरहन्छ भूकम्प ?

इण्डियन र टेबटन टेक्टोनिक प्लेटको घर्षणका कारण हिमालयन क्षेत्रमा ठूलो शक्ति पैदा भैरहेको छ । त्यही कुण्ठिन शक्ति मुक्त हुन खोज्दा भूकम्प आउँछ । प्लेट घर्षणकै आधारणमा बैज्ञानिकहरु भूकम्पको अनुमान गर्छन् र सचेत गराउँछन् ।

हिमालयन रिजनमा प्लेट घर्षणबाट शक्तिशाली भूकम्पका लागि शक्ति तयार भएपछि सतहमा झट्का लाग्ने गरेको बैज्ञानिक निष्कर्ष छ । १२ बैशाख शनिबारको भूकम्प २० वटा आणविक बम विष्फोट भएको भन्दा शक्तिशाली रहेको बताएका बैज्ञानिकहरुले हिमालयन क्षेत्रमा प्लेट घर्षणका कारण यस्तो शक्ति सन्चित हुने गरेको बताउँछन् ।

पछिल्लो निरन्तरता किन?

गत गर्ष १२ बैशाखको विनाशकारी भूकम्पपछि निरन्तररुपमा पराकम्पन महसुस भैरहेको छ । प्लेट घर्षणका कारण फुट्ने र त्यो फूटाइबाट पैदा भएको शक्ति भूकम्पकोरुपमा बाहिर निसक्ने र त्यो शक्ति बहिर्गमन भएपनि प्लेट रहेको स्थानमा सन्तुलन कायम गर्नका लागि पराकम्पन जाने भूगर्भवीद बताउँछन् । पराकम्पन मुख्य भूकम्पभन्दा ठूलो नहुने समेत बताइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर