Aamsanchar

संविधान संशोधनको सकस : नेताहरुको आ–आफ्नै स्वार्थ

Author Image
बुधवार, मंसिर २२, २०७३

नरेन्द्र ढकाल

narendra dhakal copy
निकै लामो परामर्शपछि सरकारले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता त ग¥र्यो तर त्यहि कारणले अहिले पुन दलहरु बीचको दुरी बढेर गएको छ । दलहरुले संविधान संशोधनलाई साझा बनाएर अगाडी बढ्न नसक्नु देश र जनताका लागी ठूलो र्दुभाग्य बन्ने खतरा बढ्दै गएको छ । आन्तरिक खिच्चा तानीले गर्दा दलहरुले जनताको विश्वास गुमाउदै गएका छन् भने राष्ट्रियता पनि कमजोर बन्दै गएको छ । जनतालाई संघियताको विषयमा राम्रो संग बुझाउन नसक्ने अनि सिमाङ्कन गर्दा यस्तो हुन्छ र उस्तो हुन्छ भन्ने भ्रम फैल्याएर लुटतन्त्र मच्चाउन सिपालु नेताहरुले पुन एक पटक जनतालाई आन्दोलनको भुङग्राहमा हाल्दै छन् ।
मधेसवादी दलहरुको भारतपरस्त दृष्ट कोणले गर्दा कतै नेपाल टुक्र–टुक्रा त हुने हैन भन्ने चिन्ता बढ्नु स्वभाविकै हो । तर भारतले सिमा मिच्दा तराईबासी नेपालीले हामी नेपाली हौं भनेर देखाएको राष्ट्रियता पक्कै पनि देखावटी होइन् । मधेसवादी दलका नेताहरु भारतको इसरामा चल्लान तर मधेशी जनता त्यसलाई स्वीकार गर्दैनन् किन कि उनीहरु आफु नेपाली भएकोमा गर्व गर्छन् । त्यसैले संघियताको विषयमा धेरै विवाद गरिरहनु आवश्यक छैन् । साथै मधेसवादी दलहरुले पहाडबाट छुट्टीयाउदाँ चाँही स्वतन्त्र भएको महशुस गर्छन भने त्यो उनीहरुको भ्रम मात्र हो ।
नेताहरुले आफु, आफ्न्त र आफ्नो पार्टीको हित मात्र सोच्दा कतै नेपालको राष्ट्रियता त धरापमा पर्दैछैन भन्ने कुराको ख्याल गर्न आवश्यक छ । नेपाली हामी हरौंला कहाँ नेपाल नै नरहे । भने झैं कतै हामीले आफ्नो स्वार्थ मात्र हेरेर आन्दोलन र हठ मात्र गर्ने हो भने राष्ट्रियता नै खतरामा पर्ने त होइन् ? एक पटक सोच्ने की । जनताको भवना अनुसार चल्न नसकने हो भने फेरी जनताले दलहरुलाई नै समाप्त पार्दै राजतन्त्र नै रोज्न पुगे भने के होला त्यस तर्फ पनि राजनीतिक दलहरु चनाखो बन्न आवश्यक छ ।
यतिवेला संसद हेर्न लायक छ । समस्याको समाधान गर्दै जनताको हितका लागी काम गर्ने संस्थामा सांसद भनाउदाँँहरुको तमासा राम्रै संग हेर्दैछन् जनता तर रमिता मात्र हेर्ने आवाज उठाउन नसक्ने निरिह जनताले कसरी दलका नेताहरुलाई सचेत गराउलान् भन्ने म भने यो पक्तियार नै विश्वस्त छैन् । निर्वाचनसँग सम्वन्धित कानुन बनाउनुपर्ने चटारो एकातिर छ । यहीबेलामा लोकमानविरुद्धको महाअभियोगलाई टुंगोमा पु¥याउनु छ । संविधानको स्वामित्व ग्रहण गराउन संविधान संशोधन गर्नु छ ।

यति तीनवटा सवार्धिक महत्वका विषय संसदमा छन् । तर, संसद दिनदिनै नाटकीय ढंगले अस्ति भर्खरै आफैंले राष्ट्रिय सहमतिमा दोब्बर बनाएको तलवभत्ता पचाउने साधन बनेको छ । दिनरात काम गरेर संविधान कार्यान्व्यन गरेर देशलाई स्थिरता प्रदान गर्नुको साट्टो दलहरु चुनावमा कसरी लोक प्रिय भइन्छ भन्ने चिन्ताले गर्दा आ–आफ्नो स्वार्थलाई मात्र ध्यान दिइरहेको सर्वसाधारण जनताले पनि र्छलङ्ग छुट्टीयउन थालेका छन् ।
सरकार संविधान संशोधनको कुरा उठाउछ । प्रतिपक्ष जानी नजानी बहिस्कारको नाटक गर्छ, सभामुख जानीनजानी बसौं माननीय भन्न भ्याउँछिन् । एकैछिनमा तलब भत्ता पाक्छ । र, कोही बुटवलतिर, कोही झापा त कोही कैलाली–कञ्चनपुरतिर आखा र कान लगाउँछन् त्यहाँको समस्या समाधान गर्न भनेर हैन कसरी उक्त क्षेत्रमा आफ्नो पक्कड बलियो बनाउने र सत्तामा हालिमुहालि गर्न सकिन्छ भनेर उनीहरुलाई दिनरात चिन्ता छ । जनता उपचार नपाए मृत्युवर गर्न बाध्य छन् ।
आफुलाई मधेसवादी र मधेसको मात्र नेता ठान्ने मधेसवादी दलका नेताहरुले भारतको आडमा गरिरहेको रवैयालाई मधेसका जनताले प्रतिकार गर्न सक्नुपर्छ । त्यस्तै आफुलाई महमडे र कुनै एक समुदायको नेता ठान्ने नेताहरुलाई पनि जनताले खबरदारी गर्न सक्नुपर्छ । साच्चै अहिले डा. कृष्णहरि बरालले भने झैं नेपालीहरु यो देशमा एउटा राष्ट्रिय नेता खोजि रहेका छन् । उनका शब्दमा म एउटा मानिस खोजि रहेछु भने पनि ति शब्दमा ओझ र गम्भिर कुराहरु उठाइएका छन् ।

पछिल्लो समय राष्ट्रियवादी बन्ने खोज्ने ब्यवहारमा भने सत्ता र भत्राको मात्र चाकडी गर्ने प्रवृत्तिको विकास हुदैछ । यसले संविधान जारी गरेर ठूलो उपलब्ध मन्ने तर कार्यान्वयन तर्फ ध्यान नदिने नेताहरुको चालाले कतै देशमा पुनः गृह युद्ध त निम्त्याउन खोजि रहेका छैनौं एक पटक सोच्ने की ।  [email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर