Aamsanchar

बुद्ध–शान्ति नै उपयुक्त

Author Image
बुधवार, मंसिर २२, २०७३

(अजय खड्का)
शान्तिनगर ।

15401188_1151696258279263_1049774803_n
देशमा अहिले पुनरसंरचनाकै बहस चलीरहेको छ । त्यो हावाहुरीबाट शान्तिनगर पनि अछुतो रहन सकेन । अहिले शान्तिनगरमा पनि एउटा ठुलो बहस चलीरहेको छ । एउटा समूहको बिचार शान्तिनगरलाई मेचीनगरमा मिसाउनु पर्छ भनिरहेका छन् भने अर्को विचार सुमह शान्तिनगरलाई बुधबारेसँग मिलाएर गाँउपालीका बनाउनु पर्छ भन्ने पक्षमा छ । अहिले शान्तिनगर कता राख्ने बिषयमा कुरा बाझिएको छ ।

यसै बीचमा शान्तिनगरलाई बुधबारेसँग नै मिलाएर बुद्ध–शान्ति गाँउपालिका बन्नुमा नै बुद्धिमानी हुने मेरो व्यक्तिगत विचार हो । हुन त केही विचार समूहहरु आफ्ना निश्चित स्वार्थपूर्तिका लागि शान्तिनगरलाई मेचीनगरमा नै मिलाएर लैजानु पर्ने अडान राखिरहेका छन् । तर समग्र रुपमा हेर्दा मेचीनगरसँग मिलाएर शान्तिनगरलाई अगाडी बढाँउदा निश्चित मानिसहरुको स्वार्थपूर्ति भन्दा माथि अरु केही देखिदैन ।

शान्तिनगरमा उत्पादित कृषिजन्य बस्तु देखि मानबीय आवश्यक्ता पुूर्ती गर्ने बजार बुधबारे नै हो । अर्को तर्फ मेचीनगरमा समावेश भएर अगाडी बढ्दा शान्तिगर मात्रै एउटा वडा रहने र विकास निमार्णको कामका लागि सम्पूर्ण निर्भरता मेचीनगरसँग मात्रै रहने कुरा सत्यलाई हामी नर्कान सक्दैनौ । तर गाँउपालिका भए राज्यबाट छुट्ट्याइएको आफ्नै बजेटले विकास निमार्ण गर्ने त छदैछ ।

क्षेत्रीय कोषबाट पनि केही अंश हाम्रो भागमा पर्दछ । जसले गर्दा विकास निमार्णमा शान्तिनगरले धेरै लामो छलाङ मार्ने प्राय : निश्चित छ । अर्को बुझ्नै पर्ने कुरा के रहयो भने अहिलेको संविधानले गाँउपालिकालाई यति अधिकार प्रदान गरेको छ कि, गाउँपालिकामा जग्गा पासदेखि नागरिकता प्रदान गर्न सम्मको अधिकार रहेको छ ।

त्यसले गर्दा हामीलाई हाम्रो काम गर्ने इटाभट्टा या काकरभिट्टा जानु सहज कि हाम्रै ठाँउमा गर्न सहज ? यस्ता सामान्य प्रश्नहरु त छदै छन्, सबै भन्दा महत्वपूर्ण कुरा त बुधबारे सगँ मिल्दा रहने शान्तिनगरको अस्तित्वको पनि हो । विचार समुह बनेर निश्चित स्वार्थपूर्तिको लागि तिललाई पहाड बनाई अगाडी बढ्दा हामी कसैको पनि भलो नहुने कुरा पनि यर्थाथ हो ।

अर्को सुन्नमा आएको कुरा के छ भने शान्तिनगर मेचीनगरमा मिल्दा शान्तिगरमा रहेका ओइलेनी जग्गाहरु नम्बरी हुने भनी हल्ला फिजाइएको रहेछ । म प्रश्न गर्न चहान्छु ति निश्चित मानिसहरुलाई, के गाँउपालिका हुँदा सरकारको निती फरक र नगरपालीका हुँदा सरकारको निती फरक हुन्छ र ? र यस्तो हल्लाको पछि नलागी सिङ्गो शान्तिनगरलाई नै फाइदा हुने निर्णयको हामीले स्वागत र सम्मान गर्नु पर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर