Aamsanchar

बर्दियामा हात्ती मेला, वैदिक विधि अनुसार हात्ती पूजा गरिने

Author Image
शनिवार, मंसिर २५, २०७३

बर्दिया।

1481343243hattimela

बर्दियामा चौथो हात्ती मेलाको आयोजना गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले यही मंसिर २८ र २९ गते दुई दिने हात्ती मेला आयोजना गरेको हो ।

मेलामा यस बर्षदेखि वैदिक विधि अनुसार हात्ती पूजासमेत गरिने छ । बर्दियाको पर्यटकी क्षेत्र ठाकुरद्वाराको शिवपुरस्थित हात्तीसारमा रहेको वनभोज मैदानमा हात्तीमेला र पूजा आयोजना गरिएको हो ।

मेलामा वैदिक विधि अनुसार हात्तीपूजा, थारु सँस्कृति, झाँकी र नृत्यको साथमा थारु परिकारहरुको आनन्द लिन पाईने छ ।

कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरु भित्र्याउन मद्दत पुग्ने विश्वास यस क्षेत्रका पर्यटन व्यवसायीको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)