Aamsanchar

मदन सरलाई सम्झदा

Author Image
आइतवार, मंसिर २६, २०७३

[नरेन्द्र ढकाल]

25 Mangshir Saturday purwanchal daily

पत्रकारिताका हस्ती मदन ढकाल आज हामीमाझ रहनुभएन । तर, उहाँले देशका प्रेरणा र उपदेश सदैव हामीमाझ रहन्छ । झापाका एक सरल र मिजासिला पत्रकारको रुपमा रहेको ढकालसँगको प्रत्यक्ष भेट भने वि.स. २०६५ सालमा भयो  । नाम धेरै सुनेको र को हुन् भन्ने खुल्दुलीका कारण उहाँसँगको चिनजान र भेट साँच्चै सम्झना लायक नै छ ।
म भर्खर उच्च माध्यमीक शिक्षा सकेर पत्रकारितामा प्रवेश मात्र गर्न खोज्दै थिएँ । मैले झापाकै बिर्तामोडमा खुलेको विर्ता एफएममा समाचार वाचकको काम गर्दा उहाँसँग भेट्ने र चिनजान गर्ने अवसर जु¥यो । पहिलो भेटमा नै उहाँले भन्नुभएको कुरा आज पनि मेरो मनसपटलमा गुञ्जिरहेको छ । उहाँले भन्नुभएको थियो– ‘त पनि ढकाल म पनि ढकाल हामी बाबु छोरा हौं । तँ मेरो छोरा होस् मेनहत गर । धनसम्पत्ति त जसले कमाउँछ तर मलामी कमाउन गाह्रो छ तँ पनि मलामी कमाउने क्षेत्रमा आइछस् । तंैले अहिले उपलब्धी होइन तेरो अनुपस्थितीमा गरिने मूल्याङ्कन सबैभन्दा ठूलो कुरो हो ।
साँच्चै उहाँले भनेका कुरा सान्दर्भिक छ । धनसम्पत्ति त सबैले कमाउँछन् तर नाम कमाउन गाह्रो रहेछ । उहाँको प्रेरणा र सहयोगले गर्दा नै आज पनि म पत्रकारितामा क्रियाशील रहेको छु । झापाली माटोलाई मुख्य कर्मथलो बनाएर पत्रकारिता शुरु गर्नुभएका अग्रज पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक मदन ढकालको ६५ वर्षको उमेरमा असामयिक दुःखद निधन भएले पत्रकारिता जनगतमा अपुरणीय क्षति भएको छ ।
उहाँ आज झापामा क्रियाशील धेरैजसो स्थापित सञ्चारकर्मीका लागि प्रेरणाका स्रोतका रुपमा रहनुभएको थियो, गुरु हुनुहुन्थ्यो । उहाँ आफै पत्रकारिताको एक विश्वविद्यालय झैं हुनुहुन्थ्यो । पत्रकारिता क्षेत्रमा निर्भिकता, इमान्दारिता, व्यावसायिकता र पारदर्शिताको अहम् महत्व हुन्छ । ढकाल पत्रकारिता क्षेत्रमा यी सबै विशेषतासहित लगनशीलता, मेहेनत र जनपक्षीयताको उदाहरण हुनुहुन्थ्यो ।

उहाँ पार्टी पत्रकारिताको पक्षमा कहिल्यै रहनुभएन । सञ्चारजगतले न्यायको पक्षधरता कायम राख्दै तटस्थताको आफ्नो धर्मलाई कहिल्यै भुल्नु नहुनेमा उहाँको सदैव जोड रहन्थ्यो । पत्रकारिताको निष्पक्षता बोकेका पत्रकार ढकालको निधनले आज म मात्र नभई समग्र झापाली पत्रकारहरु स्तब्ध भएका छन् । ढकालले गरेको योगदानको सामजले उच्च मूल्याङ्कन गर्ने नै छ । उहाँको निधनले शोक सन्तप्त परिवार हार्दिक समवेदना अपर्ण गर्दछु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर