Aamsanchar

पुरुष भलिबलको पूर्व क्षेत्रीय छनौट

Author Image
सोमवार, मंसिर २७, २०७३

कन्काई,badmention

पुरुष भलिबलको पुर्व क्षेत्रीय छनौट प्रतियोगिता अन्र्तगत सोमबार भएको खेलमा भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सुनसरी, सोलुखुम्बु, मोरङ र झापा विजयी भएका छन् ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुरुङ्गास्थित जामुनखाडी सिमसार तथा पर्यटकीय स्थल परिसरमा भएको लिग नकआउट अन्र्तगतको पहिलो खेलमा भोजपुरले खोटाङलाई ३१ — २९, १८ — २५ र २५—२० को सेटमा हराएको थियो ।
त्यस्तै दोस्रो खेलमा धनकुटाले पाँचथरलाई २५— २६, २७—२५ र २५—१३ को सेटमा पराजित गर्यो ।
तेस्रो खेलमा ताप्लेजुङले इलामलाई २५—१५ र २५—१३ को सोझो सेटमा हरायो ।

चौथो खेलमा संखुवासभाले ओखलढुङ्गालाई २५—२०, १६ —२५ र २५—२३ को सेटमा पराजित गरेको छ ।पाँचौं खेलमा सुनसरीले उदयपुरलाई २५—१७ र २५—१८ को सोझो सेटमा हराएको छ ।
छैटौं खेलमा सोलुखुम्बुले सिरहालाई २५—२२ र २७—२५ को सेटमा पराजित गर्यो । सातौं खेलमा मोरङले सप्तरीलाई २५—१३ र २५—३ को सेटमा पराजित गरेको थियो भने आठौं खेलमा झापाले तेह्रथुमलाई २५—१३ र २५—२३ को सेटमा हराएको छ ।

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर