Aamsanchar

विभेद गर्ने सोचको अन्त्य गरौं

Author Image
आइतवार, पौष १०, २०७३

[हिमा रसाईली]

15749792_861531670656024_99328311_n
प्राचिन कालमा बर्ण व्यवस्थामा समाजको विकासमा अग्रसर भएका जनसमुह जो मनोस्मृतिको समयमा कामको आधारमा शुद्राको रुपमा अलग्याइ ,शिक्षा ,दिक्षाबाट बञ्चित हुदै मल्लकाल देखिनै असुद्ध र अछुत जातिमा परिणत गरिएर समाजमा अपहेलीत भएर जीउन बाध्य भए ।

विभिन्न काल खण्ड देखि नै जातिय आधारमा कानुनी दण्ड ,सजाय समेत भोग्दै आएका छन् कथित दलित समुदायले । २१औ शताव्दीमा आएर शिक्षा अनि प्रविधिले धेरै ठुलो फड्को मार्दा समेत हाम्रो समाजमा दलित समुदायले जातिय विभेदको अन्त्य भएको महसुुुस गर्न सकेको छैन । केवल विभेद अन्त्यको भ्रमित हुनुको अर्को विकल्प छैन यो समुदाय सँग भन्दा दुई मत नहोला ।यसो भन्नुको अर्थ विभेद अन्त्य हुने प्रति निराश भने होइन ।
समाजमा अभिमानको च्यादर ओढेर समानताको भ्रम फैलाउन खोज्नेहरुको कारणले कथित दलित समुदायले विभेदको अन्त्यको भ्रममा रुमलिएको तितो सत्य पनि छ । समाजमा आफ्नो अवस्था अनुसार विभिन्न तरिकामा विभेत सवैले भोगेका छन् ।केहि पढेलेखेका अनि केहि अघि बढेकाले केहि कम भोगेका होलान् कि रु तर भोगेका छैनन् ,शिक्षितहरु विभेदमा पर्दैनन् भन्ने अवस्था छैन भने अशिक्षित ,निरिह व्यक्ति विभेदको आगोमा कति रापिएका छन् सोझै अनुमान लगाउन सकिन्छ ।
े शिक्षा ,चेतना र पेशा अनि उसको पहिचान अनुसार भिन्न भिन्न तरिकाले आज पनि दलित समुदायले विभेद भोगेको छ । विभेद अझ सुनियोजीत शृंगारित हुुदै आएको छ ।अझै पनि धेरै यस्ता हुने गरेका छन् ।गैर दलित र कथित दलित साथी गैर दलितको घर जादाँ चिया त सवैलाई दिइन्छ तर पहिला गैर दलित व्यक्तिलाई दिएर अथवा थालीबाट उठाउन लगाए पनि कथित दलित व्यक्तिलाई अलग्यै उठाएर दिइन्छ ।

त्यस्तै छरछिमेकमा जादा तपाइको अवस्था अनुसार विभेदको प्रक्रिया सुरु हुन्छ । जस्तोसुकै चिसो किन नहोस बस्नु पर्ने भयो भने भन्ने गरिन्छ बाहिर खुल्लैमा बसौन ,भित्र अध्यारो छ ,गर्मी छ अनेक बाहना ……त्यस्तै कोहि गैर दलित कथित दलित व्यक्तिको घरमा आयो भने सम्मानका साथ केहि खान दियो भने त्यहाँ आइपुग्दा सम्म स्वस्थ्य मान्छे केहि खाऊँ भनि सक्दा पुरै अस्वस्थ्य हुन्छ अनि बाहना सूरु हुन्छ यो खानु हुदैन त्यो खानु हुदैन विरामी छु्…….यी त एक दुई वटा उदाहरण मात्र हुन् यि र यस्ता धेरै बहानाले शृंगार गरेर विभेद गरिन्छ ।
जातिय छुवाछुत अन्त्यको शिक्षितहरुबाट केहि अपेक्षा गरौन त भन्दा शिक्षितहरु मध्ये धेरैको व्यवहार उस्तै र्ददानक छ । गत मंसिर २४ गते घटेको लक्ष्मी हत्या काण्ड कै कुरा गरौ । जति बेला समानताको लागि ,महिला अधिकारको लागि १६ दिने अभियान चलीरहेको थियो त्यति नै बेला समाजको एक प्रतिष्ठित पेशामा संलग्न शिक्षक हिरा लामा बाट काभ्रेकी लक्ष्मी परियारलाई बोक्सिको आरोपमा मलमुत्र खुवाइ ,कुुटपिट गरि हत्या गरियो ।

जुन चिकित्सक रिर्पोट बाट पनि पुष्टि भइसकेको छ ।खैत शिक्षितहरुको चेतना कता गयो रु यसरी आज समाजमा निकै ठुलो गफ लाउने र समाज परिवर्तनमा म हु सुरुवातको विन्दु भन्नेहरु पनि स्वयम् उसको घरमा जादाँ उसको परिवर्तनको सुरुवात विन्दु मेटिने गरेका धेरै उदाहरण छन् घरको चलन यस्तै छ भनेर ….।

यसरि समाजमा विभेदको अन्त्यको भ्रम फैलाउनेको कमि छैन ।आज पनि कुनै व्यक्तिको मुल्यांकन जातको आधारमा गर्ने चलन हटेको छैन ।यसरी समाजमा पढेलेखेका भनिएकाहरु बाट यस्तो कार्यरता देखिन्छ ।समाजमा जातिय विभेदको धेरै यस्ता लुप्त बाहना अनि तरिकाको छर्रराले धेरै दलितहरु घाइते छन् । थाहा छैन यी घाइतेहरुको उपचार कहिले हुने अनि यिनिहरुले पिडा र दाग रहित कहिले जीउन पाउने हो ।
समानताको नाममा धेरै सभा सम्मेलन नभएका पनि होइनन् तर उपलब्धी शुन्य छ । हुन त खुलेआम दलित माथी भएका घट्ना धरानका एस्एसपपि पवन प्रसाद खरेलको अभिव्यक्ति वा अजित मिजार हत्या काण्ड कुनै पनि घट्नाले न्याय पाउन सकेका छैनन् । उल्टै विभिन्न प्रक्रियाको बहानामा यी काण्डहरु पछाडि धकेलिएका छन् ।

भर्खरै घटेकोे लक्ष्मी हत्या काण्ड कै कुरा गरौ कछुवाको गतिमा न्यायको लागि पाइला चालिएको छ । हुन त विभिन्न संघ संस्थाले अनुसन्धान गरिरहेका छन् प्रतिवेदन आउन बाकीँ छ । यो घट्नामा न्याय हुने हो कि बहानामा तुहिएर विभेदको घटनाको तरिकाको रुप लिने हो हेर्न बाँकी नै छ ।
यहाँ विभेद गर्ने ,बाच्न नदिनेहरु संरक्षीत भएका छन् ।स्वयम दलित हकहितको लागि खोलीएका दलित संघ संस्थाहरु न्यायको लागि आवाज उठाउनु पर्ने अनि एकता हुनु पर्नेमा कता छन रु् न्यायका लागि लड्न लिइनुपर्ने उचाइ किन लिन सक्दैन अर्को चासोको विषय छ ।
जब सम्म समाजमा रहेका सवै व्यक्तिको मन अनि मस्तिष्कबाट जातिय छुवाछुत गर्ने,विभेद गर्ने निच सोचको अन्त्य हुन सक्दैन तव सम्म विभेद अन्त्य हुने कुरामा शंका छ । सामजिक रुपान्तरणको लागि समानताको अनि सम्मानजनक व्यवहारको विज मन अनि मस्तिष्कमा रोप्यो भने मात्र फलको आशा गर्न सकिन्छ ।

[email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर