Aamsanchar

फलफूल बेच्दाबेच्दै कठ्याङ्ग्रिएर मृत्यु

Author Image
शुक्रवार, पौष १५, २०७३

गौशाला ।

images

महोत्तरीको सदरमुकाम जलेश्वरमा आज बिहान फलफूल बेच्दाबेच्दै कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ ।

जलेश्वर नगरपालिका– २ बस्ने ६० वर्षीय राजेन्द्र साह तेलीको मृत्यु भएको उनका छोरा सत्रोहन साह तेलीले बताउनुभयो ।
आज बिहान निरन्तरको चिसो हावा र शीतलहर चलिरहेको बेला जलेश्वर नगरपालिका– १ स्थित बसपार्कमा रहेको आफ्नै फलफूल पसलमा फलफूल बेच्दै गरेका साहको एक्कासि कठ्याङ्ग्रएिर मृत्यु भएको प्रत्यक्षदर्शी श्याम चौधरीले जानकारी दिनुभयो ।
फलफूल बेच्दै गरेका साहले अति जाडो भएको भन्दै गोजीबाट चुरोट निकालेर सल्काउन खोज्दा कठ्याङ्ग्रिदो जाडोका कारण उनको शरीरको देब्रे भागमा प्यारालाइसिसजस्तो भएर चल्न छोडेपछि स्थानीयवासीको सहयोगमा उपचारका लागि जलेश्वर जिल्ला अस्पतालमा लगेको र त्यहाँ उहाँको प्राथमिक उपचार पछि थाप उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको छोरा सत्रोहनले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर