Aamsanchar

अगुल्टोले हानेर हत्या

Author Image
आइतवार, पौष १७, २०७३

पाँचथर :

hatya

अगुल्टो प्रहारबाट पाँचथर नाँगिनका एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा नाँगिन–८ भोटे गाउँ बस्ने ६४ वर्षीय डालमु शेर्पा रहेका छन्।

गएराति सामान्य विवादमा झगडा हुँदा स्थानीय १८ वर्षीय आकाश शेर्पाले अगुल्टोले डालमुको टाउकोमा प्रहार गरेका थिए।

अगुल्टो प्रहारबाट गम्भीर घाइते भएका शेर्पाको उपचारका क्रममा घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले बताए।

अगुल्टो प्रहार गर्ने आकाशलाई प्रहरी चौकी नाँगिनले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर