Aamsanchar

देशभर चिसो बढ्यो

Author Image
आइतवार, पौष १७, २०७३

काठमाडौं :

cold-in-jumla

मौसम परिवर्तनसँगै शनिबारदेखि काठमाडौं लगायत देशभर चिसो बढेको छ। यो क्रम मंगलबार दिउसोसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  भारतको पश्चिम बंगालमा सक्रिय भएको वायुको चाप बिस्तारै नेपाल प्रवेश गरेपछि पानी सहित चलेको चिसो हावाले गर्दा चिसो ह्वातै बढेको मौसमविद् समीर श्रेष्ठले थाहाखबरलाई जानकारी दिए।

‘भारतको पश्चिम बंगालमा सक्रिय भएको वायु चाप  नेपालमा प्रवेश गरेपछि केही वर्षा भएको हो। जुन हिजोदेखि भएको छ र भोलि मध्यान्नसम्म जारी रहन्छ’, श्रेष्ठले भने, ‘जसले गर्दा अहिले पनि काठमाडौं लगायत देशभरको मौसम धुम्म भै चिसो हावा चलिरहेको छ।’

अहिले चिसो हावा सहितको फाटफुट परेको वर्षा मंगलबारपछि पुरै रोकिने र त्यसपछि तापक्रम विस्तारै बढेर चिसो घट्ने मौसमविद् श्रेष्ठले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर