Aamsanchar

टर्कीमा नयाँ वर्षको उत्सवमा बन्दुकधारीको हमला, ३९ को मृत्यु

Author Image
आइतवार, पौष १७, २०७३

एजेन्सी ,turkey-attack_wlrcnFl9M9

टर्कीको राजधानी इस्तानबुलको एक रात्री क्लबमा बन्दुकधारीले गरेको हमलामा ३९ जनाको मृत्यु भएको छ।

मृतक मध्ये १६ विदेशी नागरिक रहेको बीबीसीले जनाएको छ। ४० जना घाइते भएका छन्। आइतबार बिहान नयाँ वर्ष मनाइरहेकामाथि अन्दाधुन्द गोली चलाइएको इस्तानबुलका गभर्नर भासिप साहिनको भनाइ उल्लेख गर्दै सीएनएनले लेखेको छ।

टर्कीमा भएको यो हमला नयाँ वर्ष २०१७ को पहिलो आतंककारी हमला भएको अमेरिकी र टर्कीका अधिकारीले बताएका छन्। बिहान सवा १ बजे बन्दुकधारीले गार्ड बसिरहेका सुरक्षाकर्मीलाई गोली हानेर रेइना नाट क्लब प्रवेश गरेको गभर्नर साहिनले बताए।

उनले भने, ‘बन्दुकधारी क्लबभित्र प्रवेश गरे र नयाँ वर्ष मनाइरहेका निर्दोश नागरिकमाथि आक्रमण गरे। यो क्रुर थियो। आपराधिक थियो।’ आक्रमणको कसैले जिम्मेवारी लिएको छैन। आक्रमणमा कसको संलग्नता हुनसक्छ भन्ने पनि निश्चित भएको छैन।

Views: 190

प्रतिक्रिया (०)