Aamsanchar

डाकाको आक्रमणमा परी एक गम्भीर घाइते

Author Image
सोमवार, पौष १८, २०७३

मोरङः

goli prahar

मोरङको सुन्दरदुलारीमा डाका समूहको आक्रमणमा परी एक व्यक्ति गम्भीर घाइते भएका छन् । डाकाको आक्रमणबाट स्थानीय ५७ वर्षका धनबहादुर गुरुङ गम्भीर घाइते भएका हुन् । उनको विराटनगरस्थित नोबेल अस्पतालको आइसीयूमा राखेर उपचार गरिरहेको प्रहरीले जनाएको छ ।

गएराति सुन्दरदुलारी ६ स्थित कृष्ण आयलमा आएका डाकाहरुले आयल निगमका कर्मचारी पुष्प सिग्देललाई धम्क्याएपछि प्रतिकारमा आएका स्थानीयलाई डाकाहरुले आक्रमण गरेका हुन् ।

सिग्देलले भने-‘राति दुई जना आएका थिए । पैसा दे भन्दै धम्क्याउँदा मैले गरेको हार गुहार सुनेर आएका स्थानीयलाई उनीहरुले आक्रमण गरेका हुन् । उनीहरुको आक्रमणबाट धनबहादुर गुरुङ घाइते हुनुभएको छ ।’

यसैबीच स्थानीयले प्रतिकार गर्दा धम्क्याउन आएका एक व्यक्ति घाइते भएका छन् ।

विरोधमा महेन्द्र राजमार्ग अवरुद्ध

रातिको घटनाको विरोध गर्दै स्थानीयबासीले आफ्नो इलाकामा प्रहरीले शान्ति सुरक्षा कायम राख्न नसकेको भन्दै महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन् ।

बिहानैदेखि सडकमा उत्रिएका स्थानीयले टायर बालेर प्रर्दशन गरेपछि सवारी सञ्चालन हुन सकेको छैन् । घटनाको बारेमा जानकारी गराउँदा पनि प्रहरीले कुनै सुनुवाइ नगरेको, आफूहरुलाई आक्रमण गर्ने डाका समूहका व्यक्तिलाई किन कुटपिट गरेको भन्दै हप्काएको भन्दै स्थानीय आक्रोसित भएका छन् ।

घटनाका बारेमा अनुसन्धान भइरहेको र राजमार्ग सुचारु गराउने विषयमा पहल भइरहेको इलाका प्रहरी कार्यालय बेलबारी प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर