Aamsanchar

आजको राशीफल हेर्नुहोस्ः आज मिति २०७३ साल पुस १९ गते मंगलबार

Author Image
मङ्गलवार, पौष १९, २०७३

मेषः– योजना बनाएर काम गर्नु होला । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । यात्रामा कष्ट हुनसक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।
वृषः– आफन्त नै भए पनि धेरै विश्वासमा नपर्नु होला धोका हुनसक्छ । समयमा काम गर्न गाह्रो पर्ला तर लगशिल भई गरेका काम अधिकाँश सफल हुनेछन् । आलोचना सहनु पर्ला ।
मिथुनः– समग्रमा दिन अनुकुल नै देखिन्छ । ग्रह गोचरले साथ दिने देखिन्छ । ढिला नगरि समयमा काम गरेमा उचित लाभ लिन सकिनेछ । पछि गरौला भनेर काम नराख्नु होला ।
कर्कटः– दिन मध्यम देखिन्छ । योजनाबद्ध अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट मुनाफा लिन सकिने छैन । आर्थिक समस्या पर्न सक्छ । आफन्तले दुख दिनेछन् ।
सिंहः– दिन आज ठीक भए पनि भोलि वेठिक हुनसक्छ समयमा काम फस्र्यौट गर्नु होला । भोज भतेरको अवसर प्राप्त हुन सक्ने कुरालाई नकार्न सकिन्न । गरेका कामबाट लाभान्वित हुनुहुनेछ ।
कन्याः– आजको दिन पनि अनुकुल देखिन्न । अनावस्यक खर्च बढ्ने छ । विवादित काममा हात नहाल्नु होला । भय,त्रास उत्पन्न हुनेछ । दुखःकष्ट हुनेछ । धोका दिनेछन् ।
तुलाः– अवसर आउछ पर्खिदैन सोच विचार काम गर्नु होला । सामान्यतया आजको दिन अनुकुल नै देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरीमा अवसर आउन सक्छ ।
वृश्चिकः– समयले साथ दिनेछ । सहज र सरल तरिकाले काम बन्नेछन् । नसोचेका काममा सफलता मिल्नेछ । भाग्यले साथ दिने देखिन्छ । आम्दानीका स्रोत बढ्नेछन् ।
धनुः– समयमा विस्तारै सुधार आउनेछ । धर्म कर्म तिर मन जानेछ । धार्मिक यात्रा हुनसक्ने कुरालाई नकार्न सकिन्न । अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्ने अवस्था आउन सक्छ ।
मकरः– समयले साथ नदिन सक्छ सोच विचार काम गर्नु होला । मानसिक एवं शारीरिक दुर्वलता बढ्नेछ । आर्थिक क्षय हुनसक्ने सम्भावना पनि त्यत्तिकै देखिन्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।
कुम्भः– ढिला नगर्नु होला, सामान्यतया आजको दिन अनुकुल नै देखिन्छ । गरेका अधिकाँश काम सफल हुनेछन् । मिलेर गरेका काममा विवाद पर्न सक्छ । एक्लै गरेका कामबाट लाभ लिन सकिनेछ ।
मिनः– परिश्रमपूर्वक गरेका काम सफल हुनेछन् । भर विश्वासमा गरेका काम विग्रिन सक्छन् । कामबाट धेर थोर लाभ होला । व्यापारमा सुधार आउनेछ । समय शुधारोन्मुख देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर