Aamsanchar

रामचोक युवा समूह स्थापना

Author Image
मङ्गलवार, पौष १९, २०७३

Screenshot-(14)बिर्तामोड, पुस १८। समाज रुपान्तरणका लागि विभिन्न कार्य गर्ने उद्देश्यसहित झापाको बिर्तामोड–२मा रामचोक युवा समूह स्थापना भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइतवार समूहको दर्ता समेत भएको पत्रकारहरुलाई जानकारी दिइएको छ । समूहको अध्यक्षमा लेखनाथ खनाल चयन भएका छन् । उनी इँटा व्यवसायी पनि हुन् । त्यस्तै उपाध्यक्षमा टीका धिताल चयन भएका छन् । उनी एनआरएन ओमन केन्द्रीय सदस्य हुन् । महासचिवमा राजु गौतम, सचिवमा रामप्रसाद अधिकारी र कोषाध्यक्षमा तारा भट्टराई चयन भएका छन् । १७ सदस्यीय समितिको सदस्यहरुमा सुमन मिश्र, पंकज सिग्देल, किशोर भट्टराई, हरिप्रसाद लुइँटेल, गणेश खनाल, गीतादेवी भट्टराई, रेश्माकुमारी खनाल, अनिता पौडेल, रमेश अधिकारी, हेमन्त तिम्सिना, भगीरथ लुइँटेल र लीलाधर गौतम रहेका छन् ।
समाजमा नागरिकको शैक्षिक, सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुद, स्वास्थ्य लगायत चौतर्फी उन्नतिका लागि समूहले सेवामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ । त्यस्तै आपसी बन्धुत्व र भाइचाराको प्रबद्र्धन गरी मेलमिलापको सिद्धान्त फैलाउने, सामाजिक एकताका साथ समाजमा सृजनात्मक तथा रचनात्मक कार्यप्रति युवावर्गको सक्रियतालाई प्रबद्र्धन गर्दै उत्पादनशील तथा आत्मनिर्भरताको क्षमता अभिबृद्धि गर्ने उद्देश्य समेत उक्त संस्थाले अघि सारेको छ । समाजका सबै जाति, धर्म, लिङ्ग, वर्ण, वर्ग र समुदायबीचको एकतामा जोड दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धार्मिक र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने, जनचेतना जगाउने, युवालाई रोजगारतर्फ प्रेरित गर्ने र विकास निर्माणको योजना समेत सञ्चालन गर्ने संस्थाको उद्देश्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर