Aamsanchar

‘’नलाउ झुटो पिरती’’लोकगीत युटयूव मार्फत सार्वजनिक

Author Image
सोमवार, पौष २५, २०७३

भरत शिवाकोटी

   [युएई]unnamed

 नेपाली नारीहरु विभिन्न विधामा दिन-प्रतिदिन अघि बढने क्रम जारि रहेको छ । यिनै आम नेपाली नारीहरु मध्येकै नाम हो बबिता श्रेष्ठ पुरी । बहुदलीय प्रजातन्त्रको काखमा अर्थात २०४६ सालमा ललितपुरको पुल्चोकमा आमा शान्ता श्रेष्ठ र बुवा गंगा प्रसाद श्रेष्ठको कान्छी छोरीको जन्मिएकी बबिता श्रेष्ठ पछिल्लो समयमा सांगीतिक क्षेत्रमा मेहनतका साथ साधना गरिरहेको नाम हो । म्युजिक भिडियो निर्देशन गर्ने नारीका रुपमा स्थापित हुँदै गरेकी बबिता ले यो क्षेत्रको लामो अध्ययन पछी आफुले निर्देशन गरेको म्युजिक भिडियो ‘’नलाउ झुटो पिरती’’ लोकगीत युटयूव मार्फत सार्वजनिक भएको छ ।

चिरपरिचित गायिका विष्णु माझीको स्वर रहेको उक्त गीतको छायांकन ललितपुर,गोदावरी र काठमाडौं भद्रकालीका विभिन्न रमणीय स्थानहरुमा गरिएको छ । त्यसो त बबिता आँफै गायिका पनि हुन र प्रियसी म्युजिक प्रा. लि. कि मेनेजिङ डाइरेक्टर पनि हुन ।

‘’नलाउ झुटो पिरती’’ मा सुनिल केसी को शब्द र गणेश अधिकारी को संगीत रहेको छ भने विष्णु माझी को साथमा राजेश सेनले स्वर दिएका छन । कलाकारहरु आशा खडका, विवेश घिमिरे, सरु दाहाल र सुनिल केसी ले अभिनय गरेको उक्त म्युजिक भिडियोको छायांकन मुकेश हुमागाँई र सम्पादन मिलन वि.क. ले गरेका छन भने निर्देशन बबिता श्रेष्ठ ले गरेकी छन । उक्त म्युजिक भिडियोको उत्पादक तथा वितरक प्रियसी म्युजिक प्रा. लि. रहेको छ ।

आफुलाई गायिका भन्दा नि सफल म्युजिक भिडियो निर्देशकका रुपमा स्थापित गर्न संघर्सरत बबिता आफ्ना श्रीमान सफल म्युजिसियन,गीतकार एवं संगीतकार राजेन्द्र पुरी तथा मोडल तथा निर्देशक काजी श्रेष्ठ र अमन श्रेष्ठलाई आफुलाई यो अवस्था सम्म ल्याउने, हौसला दिने र साथ दिनेको रुपमा सम्मान गर्न चाहन्छिन । अब चाँडै नै उनैले निर्देशन गरेको “सिन्दुर पोते पराइको लायौ माया ले ” नाम गरेको एल्वम बजारमा आउने निर्देशक बबिताले जानकारी दिएकी छिन ।

https://youtu.be/SJcB0AiEWBU

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर