Aamsanchar

सावित्रीको शब्दमा ज्योतिलाई घामले पोल्यो(भीडीयो सहित)

Author Image
बुधवार, पौष २७, २०७३

लामो सयम देखी नेपाली गीत संगीतको क्षेत्रमा लाग्दै आउनु भएकी सावित्री गिरीले पछिल्लो समयमा आफनै शब्द तथा संगीतमा नयाँ गीत बजारमा ल्याउनु भएको छ ।

ज्योती गिरीको स्वर रहेको “घामले पोल्यो” बोलको उक्त आधुनिक गीतको म्युजिक भिडियो यहि पौष २४ गते यूव टयूव मार्फत सार्वजानिक गरिएको छ । गायीका ज्योती गिरी र अशोक कँडेलको मुख्य अभिनय रहेको उक्त गीतको म्युजिक भिडियोले छोटो समयमानै हजारौ दर्शकहरुको मन जित्न सफल भएको छ ।

सुन्दर नगरी लेखनाथ नगरपालिकाका विभिन्न रमणिय स्थलहरु मालमुल फाँट, खुदी खोला घारी, रुपाताल, बेगनास तालमा कैद गरिएको गीतको म्युजिक भिडीयोको निर्देशन तथा छायाकंन मधुर बस्नेतको रहेको छ । नेपाली लोक संगीत सम्बर्धन तथा प्रर्बधनमा सक्रिय सावित्री गिरीले यस अघि पनि दर्जन बढि लोक, दोहोरी तथा तिज बिशेष गीतहरु बजारमा ल्याइसक्नु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर