Aamsanchar

मेसीविरुद्ध बोल्ने अधिकारीलाई बार्सिलोनाले गर्‍यो बर्खास्त

Author Image
आइतवार, माघ २, २०७३

काठमाडौंः

lionel-messi

बार्सिलोनाले स्टार स्ट्राइकर लियोनल मेसीविरुद्ध बोल्ने क्लबका एक अधिकारीलाई कारबाही गरेको छ। मेसीविरुद्ध बोल्ने बार्सिलोनाका क्लबका संस्थागत मामिला निर्देशक पेरे ग्राटाकोस बर्खास्तीमा परेका हुन्।

उनले आन्द्रेस इनिष्टा, नेमार र जेरार्ड पिकेबिना मेसीले राम्रो खेल्न नसक्ने प्रतिक्रिया दिएका थिए। पेरेले यी तीन खेलाडीबिना मेसीले राम्रो उपलब्धि हासिल गर्न नसक्ने समेत बताएका थिए।

यस्तो प्रतिक्रियापछि बार्सिलोनाले पेरेलाई कारबाही गर्दै उनको भनाई व्यक्तिगत रहेको समेत स्पष्ट पारेको छ। पेरेले बार्सिलोनालाई कोपा डेल रेको क्वाटरफाइनलमा पुर्याउन मेसीकोमात्रै योगदान नरहेको भन्दै नेमार, इनिष्टा र पिकेको पनि उत्तिकै योगदान रहेको बताएका थिए।

बार्सिलोनाले एक विज्ञप्ति निकालेर पेरेलाई बार्सिलोनाको संस्थागत निर्देशक पदबाट बर्खास्त गरिएको उल्लेख छ। बुधबार राति एथ्लेटिको बिल्बाओसँगको कोपा डेल रेको दोस्रो लेगमा मेस्सीले ७८ औं मिनेटमा फ्रि–किकमार्फत गोल गर्दै बार्सिलोनालाई समग्रमा ४–३ गोल अन्तरको जित निकाल्दै क्वाटार फाइनल पुर्‍याएका थिए।

तर, पेरेले बार्सिलोनाको जितमा नेमार, इनिष्टा र पिकेको पनि उत्तिकै योगदान रहेको प्रतिक्रिया दिएका थिए। मेसीको एकल प्रदर्शनका कारण नभई टिमको मेहनतले क्लब क्वाटरफाइनलमा पुगेको पेरेले बताएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर