Aamsanchar

वि.सं. २०७३ साल माघ ३ गते। सोमबार। इश्वी सन् २०१७ जनवरी १६ तारिख। नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– चतुर्थी, १४:०१ बजेउप्रान्त पञ्चमी।

Author Image
सोमवार, माघ ३, २०७३
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। आत्मीयजनसँगको भेटघाटले आनन्द दिलाउनेछ। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट पनि लाभ हुनेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। पुरानो समस्याले झमेला निम्त्याउन सक्छ। सहयोगीहरूले हात झिक्नाले पनि काममा विलम्ब हुनेछ। फजुल खर्च बढ्नेछ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। कृषिमा कामको चाप बढ्न सक्छ। काममा आंशिक लाभ मिल्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आँटेको काममा सानोतिनो समस्या आउन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। काममा बाधा हुनेछ भने मानसम्मानमा आघात पुग्न सक्छ। पुरानो हिसाबकिताबले पनि विवाद निम्त्याउन सक्छ, सजग रहनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बीच स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। आगन्तुकले अलमल्याउन सक्छन्। पहिलेको योजना स्थगित हुनेछ भने नयाँ योजना बनाउँदैमा समय बित्न सक्छ। अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा हुनेछ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
केही मात्रामा खर्च बढ्नेछ भने पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। प्रतिस्पर्धामा जुट्नुपरे पनि बुद्धिले काम लिँदा बिस्तारै फाइदा हुनेछ। लगनशीलताले फाइदा दिलाउनेछ। तर तत्कालको लाभ उठाउँदा भविष्यमा नोक्सान हुने देखिन्छ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। विदेशबाट रकम हातलागी हुने सम्भावना छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। विभिन्न भौतिक साधन प्राप्त हुनाले मन प्रसन्न रहनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा मनग्य लाभ उठाउन सकिनेछ। आम्दानी बढ्नुका साथै परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ। साझेदारीमा पनि लाभ हुनेछ। दिगो फाइदाका लागि लगानी बढाउने समय छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसरवादीहरूले फसाउन सक्छन्। श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। तापनि, मेहनतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। पदासीन व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
समाजमा तारिफयोग्य काम सम्पादन गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। ईर्ष्या गर्नेहरूले भने सताउन सक्छन्। तापनि मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुने समय छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुनेछ। तर आफ्नो मेहनतमाथि अरूले दाबी गर्न सक्छन्, सजग रहनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। स्वास्थ्यमा कमजोरीका साथै उपचारमा खर्च हुने योग छ। घरेलु समस्याले अलमल्याउला। हुलमुलमा धनमाल जोगाउन सचेत रहनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुने समय छ। व्यवसायका लागि यात्रा सम्भावना छ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आलस्य गर्ने बानीले समस्या निम्त्याउला। आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मेहनतको फलमाथि अरूले दाबी गर्न सक्छन्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। आफ्ना सूचना बाहिरिने हुँदा समस्यामा पारिनेछ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। (नेपाली पात्रो)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)