Aamsanchar

लक्ष्मीपुर भेट्रान फुटवल प्रतियोगितामा धरमपुर भेट्रान विजयी

Author Image
मङ्गलवार, माघ ४, २०७३

चारपाने,माघ ४।  लक्ष्मीपुर भेट्रान फुटवल प्रतियोगिता सुरु भएको छ ।लक्ष्मीपुर भेट्रान फुटबल क्लवको आयोजनामा सुरु भएको दोस्रो पूर्वाञ्चल स्तरीय लक्ष्मीपुर भेट्रान फुटबल प्रतियोगिता मंगलबारवाट सुरुभएको हो ।

प्रतियोगिताका उपाध्यक्ष जितेन्द्र कटुवालको सभापतित्व रहेको कार्यक्रमा  प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले खेलको उद्घाटन गरेका थिए ।
औपचारीक कार्यक्रममा लक्ष्मीपुर बजार व्यवस्थापन समिति अध्यक्ष नेत्र नेपाल, शुन्दर लक्ष्मीपुर विकास समाज अध्यक्ष लिलाबहादुर कटुवाल, व्यवसायी गोपाल कटुवाल, हिमाली आधारभूत विद्यालयका प्रअ केशवप्रसाद ओझा, कनकाई उद्योग बाणिज्य संघ उपाध्यक्ष कृष्ण चुडाल, राजनिती कर्मी त्रिनारायण राजवंशी, समाजसेवी अर्जुन रेग्मी, गोपाल प्रसाई, मधुर मिश्र, ज्योती उप्रेती,  चन्द्रमोहन उप्रेती लगायतको आतिथ्य रहेको थियो । प्रतियोगिताको पहिलो खेलमा धरमपुर भेट्रान फुटबल क्लव र रियाद ११ भेट्रान
फुटबल क्लव विच भएको खेलमा धरमपुर भेट्रान विजयी बनेको छ।
_MG_1238खेलको २० मिनेटमा रियादको तर्फवाट एक गोल लागेको थियो भने, धरमपुरका जर्सी नं. ६ का पेमा तामाङले २९ मिनेटमा गोल लगाई खेल बराबर बनेपछी ट्रईवेकरमा परिणत भएको खेलमा धरमपुरको तर्फवाट जर्सी नं. २ का प्रेमकुमार नेपालले गरेको गोल निर्णयक बनेपछी धरमपुर विजयी बनेको हो ।
बुधबारको खेल पूर्वाञ्चल भेट्रान फुटवल क्लव र काँकडभिट्टा भेट्रान फुटबल क्लव विच हुने छ भने सोही दिन धुलाबारी भेट्रान फुटबल क्लव र विराटचोक भेट्रन फुटबल क्लव विच खेल हुने आयोजकका दिपेन लिम्बुले जानकारी दिए ।
कार्यक्रमको संचालन शिसिर भट्टराईले गरेका थिए । स्वागत मन्तव्य वीरबहादुर चौहानले राखेका थिए ।
सब्द तस्वीर :विनोद पाण्डे(कमल)/आमसंचार 
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)