Aamsanchar

आजको राशिफल – मिति बि.सं. २०७a३ साल माघ ८ गते शनिबार

Author Image
शनिवार, माघ ८, २०७३

आज श्री शाके १९३८, मिति बि.सं. २०७३ साल माघ ८ गते शनिबार तदानुसार इश्वी सन् २०१७ जनवरी २१ तारीख, माघ कृष्ण नबमी तिथी २०:०४ बजे सम्म चन्द्रमा तुला राशीमा सूर्य उत्तरायण शिशिर ऋतु (यो. प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य कार्यको लागी धेरै श्रम र समय खर्चीनु पर्ने योग रहेको छ । खानपानमा बिषेश ध्यान दिनुहोला स्वास्थ्यमा सामान्य असर आईपर्ला । बिश्वासिलो ब्यक्तीबाटधोका हुन सक्छ सजग रहनु होला । मनमा सामान्य चिन्ताले सताउनेछ । दिन मध्यम रहनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सामाजीक कार्यका क्षेत्रमा अघी बढ्नु पर्ने समय रहेको छ । सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य झन्झट आईपर्नेछ । कार्य क्षेत्रमा साधारण अप्जस आउन सक्ने छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । सामान्य बाद बीबादमा फसिएला ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
मन प्रशन्न रहला । आम्दानीका विभिन्न स्रोतहरु फेला पर्नेछन् । बौदीक ब्यक्तीत्वहरुसँगको भेटघाटले मन प्रशन्न रहला । रचनात्मक कार्यमा अघी बढ्दा कार्य सफल हुने योग रहेको छ । सामान्य चोटपटकको सम्भावना रहेको छ । धनमालको क्षती हुने सम्भावना छ सजग रहनु होला ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मान्यजनको साथ सहयोगले रोकिएका कामहरु सुचारु हुने योग रहेको छ । मनोरञ्जनात्मक काममा दिन ब्यतीत रहला । तपाइले गरेको मेहनतको सबैले प्रशंसा गर्नेछन् । कार्य सफल हुनेछ । पारिवारिक साथ सहयोगले मन उत्साहीत रहला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दाजुभाइ तथा इस्ट मित्रको सहयोग बाट गरिएका कामहरु सफल रहलान । झन्झटिलो यात्राको सामना गर्नुपर्ला । प्रतीपक्षीहरु सवल रहनाले कार्यमा ब्यवधान उत्पन्न हुन सक्नेछ । पराक्रममा बृद्धी हुनेछ । नँया कार्यको थालनी नगर्नु राम्रो हुनेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बोलीको प्रभाव बढ्नेछ । स्वादिष्ट भोजनको अवशर प्राप्त हुनेछ । स्वाश्थ्यमा असर देखा पर्नेछ । खानपानमा बिषेस ध्यान पु¥याउनुहोला । मित्रजनसँगको भेटघाटले मन प्रशन्न रहला । कार्यमा ब्यवधान उत्पन्न हुने हुदा अपजस खेप्नुपर्ला । पठन पाठनमा रुची बढ्नेछ । चीसो बाट बच्नुहोला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
ब्यापार ब्यवसायमा दिन मध्यम रहनेछ । पारिवारिक साथ र सहयोग प्राप्त हुनेछ । भोग विलाशको क्षेत्रमा समय ब्यतीत रहला विश्वासिलो ब्यक्तीबाट धोका हुने सम्भावना छ । चोटपटकको सामना गर्नु पर्ला । धनमालको क्षति हुन सक्छ सचेत रहनुहोला ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजनसगको भेटघाटले साधारण खर्च हुने योग रहेको छ । मेहनत तपाइले गरे पनि जस अरुलेनै प्राप्त गर्नेछन । दाम्पत्य जिवनमा खटपट उत्पन्न होला । लेनदेनमा बिचार पुर्याउनुहोला । नेत्र सम्वन्धी समस्या आइ पर्नेछ । सचेत रहनुहोला ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पठन पाठनको क्षेत्रबाट बिषेस लाभ लिन सक्नुहुनेछ । बोलिलको प्रभावले अरुलाइ आकर्षीत गर्न सक्नुहुनेछ । प्रतिश्पर्धाको क्षेत्रमा तपाई अब्बल रहनुहुनेछ । शत्रु पराजित हुनेछन् । मनको चन्चलताले कार्य परिवर्तनको योग रहेको छ अडिग रहनुहोला ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कार्य सफल रहनाले मन प्रशन्न रहला । मान सम्मान प्राप्तीको योग रहेको छ । मनोरञ्जनको क्षेत्रमा बिषेस ध्यान जानेछ । पारिवारिक समस्याले सताउनेछ । पठन पाठनमा बिषेस ध्यान दिनुहोला । सामाजिक कार्यमा जुट्रने अबसर प्राप्त हुनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नँया मित्र सँगको भेटघाटले दिन उत्साहजनक ढंगले ब्यतित हुनेछ । पारिवारिक मनोरञ्जनमा समय तथा धन खर्च हुनेछ । भाग्य बृद्धीको योग रहेको छ । आफुभन्दा सानाको साथ र सहयोग बाट गरिएका कामहरुबाट बिषेस सफलता प्राप्त हुनेछ । सवारी साधन प्रयोग गर्दा बिषे सजगता अपनाउनुहोला ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बोलिको नकारात्मक प्रभावले बन्न लागेको काम बिग्रन सक्नेछ । साथिभाइसग बिबादको योग रहेको छ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ आर्थिक लेनदेनमा झमेला आइपर्नेछ । यात्रा गर्दा चोटपटक लाग्ने सम्भावना रहेकोले सजग रहनु होला ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर