Aamsanchar

आजको राशिफल

Author Image
आइतवार, माघ ९, २०७३

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परोपकारको क्षेत्रमा समय ब्यतित हुनेछ । कुरा काट्ने ब्याक्तिहरुबाट बच्नुपर्ने छ । आफन्त जनहरुको भेटघाटले सामान्य खर्च हुनेछ । कार्यमा सामान्य ब्यबधान आईपर्न सक्छ । यात्रा झन्झटमय रहने योग छ

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मानसिक नैराश्यताले सताउन सक्ने छ । बौदिक क्षेत्रको कार्यक्रममा सहभागिता हुने योग रहेको छ । आम्दानी भने मध्यम रहने छ । स्वास्थ्य सम्बन्धी समस्याले गर्दा सामान्य खर्च हुन सक्ला । दिन मध्यम छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

मातृपक्षको साथसहयोगले कार्य सम्पादनमा सहज मिल्ने छ । कडा मेहेनत पश्चात सामान्य धवागमको योग रहेको छ । पारिवारिक प्रशन्नताका निम्ति समय ब्यतित रहन सक्ने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पराक्रममा बृदि हुने योग रहेको छ । आँटशाहसको कारण रोकिएका काममा सफलता प्राप्त हुनेछ । यात्रा फाईदाजनक रहने छ । प्रतिपक्षहरु कमजोर रहनाले तपाइको कार्य सहजतापूर्ण पुरा हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

भोजन प्राप्तिको योग रहेको छ । चिसो सम्बन्धि समस्याले सताउला । कुल कुटुम्बहरुको साथ सहयोग प्राप्त हुनेछ । सामान्य धनमालको क्षति हुने योग रहेको छ । आजको लगानि भोलीलाई फाइदाजनक रहने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

शारिरीक आलस्यताले सताउन सक्छ । कार्य सम्पादनमा सामान्य झन्झट आईपर्न सक्ने छ । प्रेम सम्बन्धमा सुधार आउन सक्ने सम्भाबना रहेको छ । प्रतिपक्षहरु सबल रहनाले तपाइ आफूलाई कमजोर महशुश गर्नुहुने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

नयाँ लगानीमा हात नहालेकै बेश हुनेछ । समान्य धनमालको क्षति हुन सक्ला । शत्रु पक्ष सबल रहनेछन । तपाइको कामको फाईदा अरुलाई मिल्ने छ । मित्रजनहरु बीच मनमुटाब हुन सक्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

निर्णय गर्न सक्ने क्षमतामा बृदि हुनेछ । आकस्मिक धनलाभबाट मन प्रशन्न रहला । आम्दानिका श्रोतहरु फेला पर्ने छन । विध्या सफल रहला । फस्न लागेको लगानि हात पर्ने छ । शुभचिन्तकको साथ प्राप्त हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

उत्साह पूर्ण ढंगले कार्य सम्पादन हुनेछ । पदोन्नतिको समय रहेको छ । मानसम्मानको भागेदारी भईनेछ । आफन्तजनहरु बीचको भेटघाटले मन प्रशन्न रहला । अरुको पूर्ण विश्वास भने नगर्नु होला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

भाग्योदयका निम्ती धेरै संघर्ष गर्नुपर्ने समय रहेको छ । मित्र तथा भाइ-वन्धुको साथ सहयोगमा कमी आउला । सामान्य अप्जस सहनुपर्ने छ । यात्रा कारक दिन रहेको छ । धार्मिक कार्यमा सहभागी भईने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

मनको चन्चलताले कार्यक्षेत्रमा सामान्य ब्यबधान आउन सक्छ । मनमा कुविचारको प्रवेश हुन नदिनुहोला । स्वास्थ्यमा सामान्य गडबडी रहन सक्छ । खानपानमा ध्यान दिनु होला । क्रोधको शिकार हुन सकिने छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

भोग विलासको क्षेत्रमा समय व्यतित रहला । व्यापार व्यवसायमा राम्रो समय रहेको छ । पारिवारीक साथ सहयोग प्राप्त हुनेछ । श्रम र परिश्रमको कदन नहुनाले मनमा खिन्नता वोध हुन सक्छ । शुभचिन्तकहरुको बृदि हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)