Aamsanchar

प्याब्सन झापा क्षेत्र नं.२ को खेलकुद प्रतियोगिता सम्पन्न

Author Image
बुधवार, माघ १२, २०७३

बिर्तामोड।

प्याब्सन झापा जिल्ला क्षेत्र नं. २ अन्तर्गत माघ ७ गतेदेखि १० गतेसम्म सञ्चालन भएको खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
बिर्तामोडेल स्कूलको प्राङ्गणमा सञ्चालन भएको प्रोइमेरी तह छात्र फुटबल प्रतियोगिता अन्तर्गत प्रतियोगितामा सरस्वती एन्जल अंग्रेजी स्कूल बुट्टाबारी प्रथम, बिर्तामोडेल अंग्रेजी स्कूल बिर्तामोड–७ द्वितीय भएका छन् ।
त्यस्तै मावि स्तरीय छात्रा भविबलतर्फ बिर्तामोडेल अंग्रेजी स्कूल प्रथम, लाली गुराँस अंग्रेजी विद्यालय गरामनी द्वितीय र बालकल्याण अंग्रेजी स्कूल चारपाने तृतीय भएका छ्न ।
माध्यमिक तह अन्तर्गत एकल छात्र टेबलटेनिस अन्तर्गत बालकल्याण अंग्रेजी विद्यालय चारपाने प्रथम, ग्लोरी अंग्रेजी विद्यालय बिर्ताबजार द्वितीय र निधि निकेतन उच्च मावि रामचौक तृतीय भएका छन् । त्यस्तै माध्यमिक तह अन्तर्गत छात्रा एकल टेबलटेनिस अन्तर्गत एमिटी अंग्रेजी विद्यालय प्रथम, ग्लोरी अंग्रेजी विद्यालय बिर्ताबजार द्वितीय र पूर्वाञ्चल एकाडेमी बिर्तामोड तृतीय भएका छन् ।
त्यस्तै निम्न माध्यमिक तह टेबलटेनिस छात्रतर्फ बुद्ध स्मृति स्कूल बिर्तामोड प्रथम, एमिटी अंग्रेजी स्कूल द्वितीय र रुद्र अंग्रेजी उमावि बिर्तामोड तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ टावर टेम्पल उमावि बिर्तामोड प्रथम, बुद्ध स्मृति अंग्रेजी स्कूल बिर्तामोड द्वितीय र बिर्तामोड पुपिल्स स्कूल बिर्तामोड तृतीय भएका छन् ।
त्यसैगरी खुला बुद्धिचाल प्रतियोगितातर्फ बिर्तामोडेल अंग्रेजी स्कूल बिर्तामोड प्रथम, सरस्वती एन्जल्स बुट्टाबारी द्वितीय र लिटल एन्जल्स बिर्तामोड तृतीय भएका छन् । प्याब्सन झापाका सदस्य एवम् क्षेत्र नं. २ खेलकुद एवम् अनुशासन समितिका तर्फबाट पशुपति पोखरेलले विजयी खेलाडीहरुलाई बधाई एवम् शुभकामना दिएका थिए । प्रतिष्पर्धामा सहभागी विद्यार्थीहरुलाई संस्थापक प्रिन्सिपल, शिक्षक, कर्मचारी, कार्यक्रममा सहभागी सबैको सहयोगप्रति धन्यवाद दिएका छन् ।
प्याब्सन झापा क्षेत्र नं. २ का संयोजक प्रेमचन्द्र लिम्बूको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सुरेन्द्र खरेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर