Aamsanchar

डोरीमा साइकल चढ्ने प्रविधिको विकास

Author Image
सोमवार, माघ १७, २०७३

एजेन्सी,

के तपाईले कहिल्‍यै डोरीमा साइकल चढ्नु भएको छ ? पक्कै पनि छैन होला। प्राय साइकल रोडमा मात्रै चलाएको तपाईसँग अनुभव छ होला।
तर फिलिपिन्सको चकलेट हिल्स एडभेन्चर्स पार्क(चाप)ले साइकललाई डोरीमा चलाउन सक्‍ने प्रविधिको विकास गरेको छ।

 

करीब १५० फिट माथिमा डोरीमा उसले पर्यटकलाई साइक्लिङको मज्जा र मनोरञ्‍नात्मक पार्कको विकास गरेको हो। यो सुविधा तपाई फिलिपिन्स जाँदा ‘बोहोल’ भन्‍ने ठाउँमा पाउन सक्‍नुहुन्छ।

के के छन् त यसको विशेषता ?

यो साइक्लिङमा हावामा उडेको अनुभूति हुन्छ। साइक्लिङ एसियामै पहिलो पटक निर्माण साइक्लिङ पार्क हो।यसले पर्यटकको आकर्षण गन्तव्य भएकाले मनोरञ्‍जन दिनुका साथै पर्यटन व्यावसायमा टेवा पुर्‍याइरहेको छ।

यसका साथै यो पार्कमा साहासिक खेल मोटरसाइकल चढ्नेदेखि साइकल कुदाउनेसम्‍म मज्‍जा एकै ठाउँमा पाइन्छ। ३२० मिटर लामो यात्रा यो पार्कमा अवलोकन गर्न फिलिपिनो ४५० रुपैया राखिएको छ। साइक्लिङ गर्न कम्तिमा पनि ६ वर्ष माथिको व्यक्तिलाई मात्र अनुमति दिइएको छ।

यति मात्रै नभएर यहाँ हिल्स एडभेन्चर्स पार्कको भित्ता चढ्ने, घोडचढी, माउन्टेन क्लाइम्बिङलगायतका खेल खेल्‍न पाइन्छ। यो पार्कमा बालबालिकाका लागि विभिन्‍न रंगीचङगी बगैंचा तथा जीवनसँग सम्बन्धित मनोरञ्‍जन क्षेत्र छुट्ट्याइएको छ। (एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर