Aamsanchar

विद्या बालनको ठाउँ तब्बुले तताउने

Author Image
सोमवार, माघ १७, २०७३

एजेन्सी,

बलिउडमा ‘डर्टी गर्ल’को रुपमा आफ्नो छवि बनाएकी अभिनेत्री विद्या वालनले सुटिङमा रहेको एक फिल्‍मको पात्र राइटर कमला दासको भूमिका छाडेकी छन्।

एक दिन शुटिङमा काम गरेसकेकी विद्याले अचानक निर्मातासँग कुरा नमिलेपछि छाडेकी हुन्। यसपछि उक्त पात्र राइटर कमला दासको भूमिका मा हिरोइन तब्बुले निभाउने भएकी छन्।

विद्याले किन फिल्‍मको सुटिङ छाडेकी हुन् स्पष्ट कारण भने आएको छैन। तर निर्माताले विद्याको ठाउँमा तब्बुलाई समावेश गरिसकेको भारतीय
सञ्चारमाधयमले जनाएको छ।

समाचारमा बताइए अनुसार तबुले फिल्‍ममा साइन समेत गरिसकेकी छन्। विद्याले फिल्‍म छाडेपछि निर्माता पनि आश्‍चर्यमा परेका छन्। उनले भारतीय सञ्चारमाध्यमलाई बताए अनुसार विद्या विरामी भएका कारण फिल्‍मको सुटिङ रोकेकी हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर