Aamsanchar

जोसिएर यौनसम्पर्क गर्दा स्मरण शक्ति गुम्ने खतरा

Author Image
सोमवार, माघ २४, २०७३

न्यूयोर्क ।

अमेरिकामा गरिएको स्वास्थसम्बन्धी एक अध्ययन अनुसन्धानले प्रत्येक १ लाख व्यक्तिमध्ये ७ जनामा स्मरण शक्ति गुम्ने रोगको शिकार हुने गरेको जनाएको छ ।

अचानक केही समयका लागि सबै कुरा बिर्सने यो घटना चिसो पानीमा पस्दा, टाउकोमा चोट लाग्दा र एकदमै जोसिएर यौन सम्पर्क राख्दा हुन सक्ने बताइएको छ ।

कहिलेकाहीं त्यस्तो अवस्थामा घन्टौंसम्म पनि स्मरण शक्ति नफर्कन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । यस्तो अवस्थामा नयाँ सम्झना वा हालसालै घटेका घटनाहरू सम्झिन नसक्ने गरेको पाइएको छ ।

यसरी निकै रोमाञ्चित र जोसिएर यौन सम्पर्क गरेको भोलिपल्ट डिनरमा के खाएको भन्ने पनि बिर्सने गरेको बताइएको छ ।

यो तथ्यको कारण मानिसहरू यौनबाट टाढिन सक्ने भएकाले तर यौनले पीडाबाट छुट्कारा दिई मनलाई शान्त पार्ने तथा मीठो निन्द्रा दिलाउने भने पक्के बिर्सन नहुने पनि अनुसन्धानकर्ताहरूले बताएका छन् । – एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर