Aamsanchar

नङ चपाउने बानी आजैदेखि छोड्नुस्, स्वास्थ्यका लागि खतरा

Author Image
बुधवार, माघ २६, २०७३

काठमाडौं ।

कुनै मानिसको औंला मुखमा राखेर नङ चपाउने बानी हुने गर्छ । खाली समयमा प्रायः मानिस यस्तो गर्छन् । कुनै तनाव भएमा पनि मानिसले नङ चपाउने काम गर्छन् ।

यस्तो कार्य स्वास्थ्यको लागि निकै हानिकारक हुने चिकित्सकहरुले बताएका छन् । नङ भित्र आँखाले देख्न नसक्ने साना–साना फोहोरहरु मुखको माध्यमबाट सिधै पेटमा जाने र विभिन्न किसिमका रोगहरु लाग्न सक्छ ।

बाह्य संक्रमणले मानिसले छिटै विरामी हुन सक्छ । यस्तो कार्यले शारीरको भित्री भागमा मात्रै नभई बाह्य छालालाई पनि असर पुग्ने देखिएको छ ।

नङ चपाउने बानीले त्यो वरपरको छाला गलेर नरम बन्छ र बाह्य किटाणुले सजिलै संक्रमण गर्न सक्छन् । त्यस्तै दाँत र गिँजामा पनि संक्रमण हुने खतरा बढ्नछ । नङ चपाउने बानीले व्यक्तिको आत्माविश्वास पनि कम भएको बुझिन्छ ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर