Aamsanchar

हिरोइनले बोल्ड तस्वीर पोष्ट गर्दै भनिन्- ‘म लाज नभएकी हुँ’

Author Image
बुधवार, माघ २६, २०७३

मुम्बई ।

बलिउड नायिका इलियाना डिक्रुज अहिले एक बोल्ड तस्बीर भाइरल भएपछि चर्चामा छिन् ।

उनले केही दिन पहिले बाथटबमा खिचेको आफ्नो न्यूड तस्बीर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । जसले अहिले निकै सनसनी फैलाएको छ । त्यस्तै, उनले त्यसपछि पनि थप तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् ।

इलियानाले आफ्नो प्रेमीसंग एक विचित्रको तस्बीर खिचाएकी छन् । जसलाई उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा शेयर गरेकी छन् । फोटोसंगै उनले आफ्नो मजाक उडाउने गरेर लेखेकी छन्, ‘म लाज नभएकी हुँ, सुधर्नेवाली होइन ।’

जसले उनले आफूसंगै प्रेमीको पनि बदनाम गरेकी छन् । तरपनि उनलाई यसले कुनै फरक परेन । केही दिन पहिले बाथटबमा खिचेको तस्बीर भाइरल हुने वित्तिकै कमेन्टमा ब्लक गरेकी थिइन् ।

तर, अहिलेको तस्बीरमा त्यस्तो गरेकी छैनन् । थुप्रै कमेन्टहरु आइरहेका छन् । जसमा कसैले ‘तिमी यति धेरै राम्री छौं, किन यस्तो हर्कत छौं ?’ भनेका छन् भने, कसैले उनको तारिफ गरेका छन् ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर