Aamsanchar

धर्म बज्र लामाको ‘यो के भयो मलाई’ गीत सार्वजनिक

Author Image
बिहिवार, फागुन १२, २०७३

झापा । 


फरक प्रस्तुती र प्रयोग गर्न रुचाउने गायक धर्म बज्र लामाले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् ।
लामाले ‘यो के भयो मलाई’ भन्ने गीत सार्वजनिक गरेका हुन् ।

प्रेममा आधारित सो गीतमा सुरज योन्जनको शब्द र संगीत रहेको छ । रायन कार्कीको निर्देशन रहेको सो गीतमा उत्सव दाहालले छायाँकन तथा प्रविन श्रेष्ठले सम्पादन गरेका छन् ।
सो गीतमा मोडल आशा गौतमको साथमा गायक धर्म बज्र लामाले नै अभिनय गरेका छन् ।
यसलाई युटुवमा यो लिंकबाट हेर्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर