Aamsanchar

आजको राशिफल-वि.सं. २०७३ साल फागुन २४ गते। मंगलवार।

Author Image
मङ्गलवार, फागुन २४, २०७३
वि.सं. २०७३ साल फागुन २४ गते। मंगलवार। इश्वी सन् २०१७ मार्च ७ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– दशमी, २५:२३ बजेउप्रान्त एकादशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसमयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। पुरानो समस्याले झमेला निम्त्याउन सक्छ। सहयोगीहरूले हात झिक्नाले पनि काममा विलम्ब हुनेछ। फजुल खर्च बढ्नेछ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। चुनौती देखिएलान्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। आँटेका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक कार्यमा रुचि बह्द्नेछ। विचार अभिव्यक्तिले ख्याति बढाउला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Gemini
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपहिलेका गल्ती सच्याउने मौका छ। चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। बलजफ्तीले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoलाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। मेहनतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। तत्काल धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। नोकरी र राजनीतिमा पनि समय चुनौतीपूर्ण नै देखिन्छ। तापनि समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ। सोचेको लक्ष्य प्राप्त गर्न केही समय प्रतीक्षा गर्नुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraसानो प्रयत्नले दिगो लाभ हुने काम बन्न सक्छ। भाग्योन्नतिको समय छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै प्रयत्नले दोहोरो लाभ दिलाउन सक्छ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक वा मंगलमय कृत्य सम्पादन हुन सक्छ। व्यवसायमा पनि मनग्य लाभ हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioअरूका काममा समय खर्चनुपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusभौतिक साधनले मन लोभ्याउन सक्छ। सोख तथा मनोरञ्जन ले खर्च बढाउनेछ भने जीवनशैलीमा परिवर्तन पनि आउनेछ। प्रियजनसँगको भेटघाटले आनन्द मिल्नेछ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यावसायिक यात्रा सम्भावना छ। व्यापारमा मनग्य लाभ लिने समय छ। धेरैको मन लोभ्याउने प्रगति हासिल हुन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornकाममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। फजुल खर्च बढ्नेछ भने ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesअध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्। (नेपाली पात्रो)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर