Aamsanchar

आजको राशिफल-वि.सं. २०७३ साल फागुन २६ गते। बिहीवार।

Author Image
बिहिवार, फागुन २६, २०७३
वि.सं. २०७३ साल फागुन २६ गते। बिहीवार। इश्वी सन् २०१७ मार्च ९ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– द्वादशी, २२:०१ बजेउप्रान्त त्रयोदशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesचिताएका काममा अवरोध आउने देखिन्छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। परिवारजनको सहयोग लिएर अघि बढ्ने चेष्टा गर्नुहोला। मातृधन, पशुधन तथा जमिनबाट सामान्य लाभ हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusकामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। मान-सम्मान तथा सम्मानित स्थान प्राप्त हुन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Gemini
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसहयोगीहरू प्रशस्तै भेटिनाले काममा आत्मबल बढ्नेछ। रचनात्मक कार्य प्रारम्भ हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो श्रमतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने देखिन्छ। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। टाढाको यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoठूलो भागको आशा राख्दा अवसर गुमाउनुपर्ने स्थिति आउन सक्छ। नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसरवादीहरूले फसाउन सक्छन्। तापनि, मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। पछिका लागि गरिएको लगानीले फाइदा दिनेछ। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रयत्न गर्दा कर्मको उचित प्रतिफल पाइनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउला। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। व्यापारमा मनग्य लाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioभाग्योन्नतिको समय छ। आस मारेको कामले उत्साह जगाउनेछ। मिहिनेतले दिगो लाभ दिलाउन सक्छ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पदीय जिम्मेवारीसमेत प्राप्त हुन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusनयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। बाध्यतामा अलमलिनुपर्ला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornहडबडले काम बिग्रनेछ भने धैर्य एवं मिहिनेतले प्रशस्त आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअप्ठ्यारा परिस्थिति आए पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ होला। हिम्मत गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउलान्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesप्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्। (नेपाली पात्रो)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर