Aamsanchar

लक्ष्मीपुरको दुर्गा मन्दिर ढालियो, पुन निर्माणकोलागि शिलन्यास

Author Image
शुक्रवार, फागुन २७, २०७३
चारपाने २७ फागुन । सव्य समाजको परिकल्पना र सामाजिक एकतालाई कायम राख्ने उदेश्यका साथ २०५८ सालमा झापाको शनिअर्जुन–४ लक्ष्मीपुरस्थित बिहिबारे बजारमा स्थापना गरिएको नव दुर्गा पञ्चायन मन्दीर पुन निर्माण हुने भएको छ । पटक पटक पुराण र विभिद धार्मिक कार्यक्रम र समाजका सबै पक्ष संगवाट चन्दा सहयोग संकलन गरेर निर्माण गरिएको मन्दिर २०७१ साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्पका कारण क्षति भएको  कारण पुन निर्माण हुने भएको हो ।  
 
 मन्दिरको भित्ता देखि छानो क्रमस भत्कीन थालेपछी  मन्दिर प्रवेशगर्न जोखिम हुन थालेपछी पुन निर्माणको विकल्प नरहेको  मन्दिर अध्यक्ष छविलाल लम्सालले बताए ।  

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

२५ लाख अनुमानित लागतमा गजुरसहित ५ तले मन्दीर निर्माण गर्नको लागि विहिबार समाजका जेष्ठ नागरिक, संस्थापक सदस्य उमानाथ ढुङगेल र समाजसेवी हरी खड्काको हातवाट विधिवत मन्दिरको शिलन्यास गरिएको छ । 
गतबर्ष पुराण आयोजनाबाट संकलन ६ लाख रुपैयाँ  र अन्य रकम स्थानीय दाताबाट चन्दा सहयोग मार्फत निर्माण गरिने उदेश्य राखिएको कोषाध्यक्ष अर्जुन रेग्मीले बताए । 
 
कार्यक्रममा मन्दिरका सदस्य गणेश कार्कीले १० हजार एक सय रुपैयाँ मन्दीर निर्माणका लागि दिने घोषणा गरे । होलीवेशिल अग्रेजी स्कुलका संचालक समेत रहेका हरी खड्काले मन्दीर निर्माणका लागि २५ बोरा सिमेन्ट दिने बचन दिएको मन्दीर समितिका अध्यक्ष लम्सालले बताए । 
 
कार्यक्रममा मानव अधिकारकर्मी लालराज सुवेदी, स्थानीय नव दुर्गा पञ्चालयन मन्दीर शितलचोकका अध्यक्ष विरबहादुर चौहान लगायतले बोलेका थिए । अध्यक्ष छविलाल लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्दिका उपाध्यक्ष एलबी गिरीले गरेका थिए भने देवीचरण गिरी, कमल गिरी, सूर्य रिमाल, हिमाली निमावीका प्रअ केशवप्रसाद ओझा, भिमकुमार खड्का लगायतको आतित्थ्य रहेको  थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर