Aamsanchar

आजको राशिफल- बि.स.२०७३ फाल्गुन ३० गते । सोमबार ।

Author Image
सोमवार, फागुन ३०, २०७३
बि.स.२०७३ फाल्गुन ३० गते । सोमबार । ईश्वी सन् २०१७ मार्च १३ तारिख ।
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । शत्रुहरुलाई परास्त गर्दै कामहरु बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत: ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुँनेछ ।

brish

वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जानेछ । सवारी साधन तथा भौतिक सम्पति लाभ हुँने योग रहेको छ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झिनेछन् । ब्यापारिक माहोलमा दिन बित्ने तथा व्यवसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । मिठा मिठा परिकारका साथ रमाउँन सकिने तर खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धी समस्या देखा पर्न सक्छ ।

mithun

मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आत्मिय साथी तथा आफन्त सँग मनमुटाब बढ्नेछ भने आमा तथा आमा सरहका मानिस सँग विवाद बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा प्रशस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । प्रतिस्पर्धीहरुले काममा अवरोध पु-याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । सामान्य छाति सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला ।

karkat

कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जाँगर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकीहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

sigh

सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथीभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यवसायमा समय दिन सके मनग्गे आम्दानी हुँनेछ ।

kanya कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
तपाईको चुम्बकिय ब्यक्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुँनाले थप काम गर्न जोश जाँगर बढेर आउँनेछ । सहयोगीहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ ।

 

tula

तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउँन सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशी सामानको व्यापार फस्टाएर जानेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढी समय दिनुपर्नेछ ।

brishchik

वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य विवाद सिर्जना हुनेछ । रमाईलो वातावरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । चिठ्ठा तथा उपहार प्राप्तिको योग रहेको छ ।

dhanu

धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

ब्पापार व्यवसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरीमा पदोन्नति हुँने समय रहेको छ । साथीभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनीतिकर्मीहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ ।

makar

मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु बन्ने हुँनाले मन खुशी हुनेछ । व्यवसायमा लगानी बढाएर भनेजस्तो नाफा कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँनाले अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न जाँगर बढ्नेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यवधान हुँने हुँनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारी चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुँने हुँनाले काम गर्न जोश जाँगर हराएर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले  बिग्रनेहुँदा अरुभन्दा पछि परिनेछ । माईती चेली बिचको सम्बन्धमा दुरी केहि बढेजस्तो हुँनेछ ।

min

मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँनाले आफन्त तथा गुरुहरु प्रशन्न हुँनेछन् । सवारी साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । व्यापारमा प्रशस्त नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुसियाली छाउँनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरुसँग  भेटघाट हुँने हुँनाले मन प्रशन्न रहनेछ ।- नेपालीहेडलाइसबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर