Aamsanchar

हात्तीपाइले रोगको औषधि चैतमा खुवाइने

Author Image
मङ्गलवार, चैत १, २०७३

काठमाडौँ,

परजीवीबाट सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग निवारणका लागि औषधि सेवन कार्य चैत ५ गतेदेखि सुरु हुने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भीम आचार्यले दुई चरणमा गरी सुरु हुने हात्तीपाइलेको औषधि सेवन अभियान पहिलो चरणमा चैत ५ देखि ७ गतेसम्म र दोस्रो चरणको अभियान चैत १७ देखि १९ गतेसम्म सञ्चालन गरिने जानकारी दिनुभयो ।

महाशाखाले पहिलो चरणमा भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर, अडाम, बझाङ, बाजुरा र दार्चुला जिल्लामा खुवाउन लागेको जानकारी दिएको छ ।
महाशाखा प्रमुख डा. आचार्यले दोस्रो चरणमा औषधि खुवाइने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तु रहेको जानकारी दिनुभयो ।  सन् २००० देखि हात्तीपाइलेको औषधि सेवन सुरु गरिएको हो ।  नेपालमा हालसम्म पटकपटक गरी १० करोडभन्दा बढी मात्रा औषधि सेवन गराइसकिएको छ ।
हात्तीपाइले रोग नियन्त्रण कार्यक्रमका फोकलपर्सन तुलसी अधिकारीले दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी महिला, छारे रोगी तथा सिकिस्त बिरामीले हात्तीपाइले रोगको औषधी खान नहुने जानकारी दिनुभयो ।  खाना खाएपछि मात्रै औषधी खान उपयुक्त हुने सल्लाह उहाँले दिनुभयो ।
उहाँले यसपटक एक करोड आठ लाख जनसङ्ख्यालाई औषधि खुवाउने लक्ष्य लिएको बताउनुभयो ।  हात्तीपाइले रोगसम्बन्धी औषधी खुवाउने कार्यक्रममा ४० करोड रुपियाँ बजेट छुट्याइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर