Aamsanchar

आजको राशिफल-बि.स.२०७३ चैत्र ०१ गते । मंगलबार । ईश्वी सन् २०१७ मार्च १४ तारिख ।

Author Image
मङ्गलवार, चैत १, २०७३

 

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई आफ्नो पक्षमा प्रतिफल निकाल्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने व्यापार व्यवसाय फस्टाएर जानेछ । नयाँ कामको प्रस्ताब आउँने तथा रुपैया पैसा प्रशस्त कमाउँन सकिनेछ । आउने प्रेम प्रस्ताबलाई स्वीकार गरेर अगाडि बढ्दा फलिफाप हुनेछ । साथीभाई तथा आफन्त सँगको रमाईलो भेटघाटमा स्वादिष्ट भोजन ग्रहण गरि दिन कटाउँन सकिनेछ ।

वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)


सन्तानको प्रगति देखेर मन रमाउँनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुशी हुनेछन् । नयाँ योजनाहरुलाई कार्यान्वयनको चरणमा लान सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । व्यापारबाट सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

 

मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कृषि तथा पशुपालन व्यवसायबाट भने भनेजस्तो आम्दानी गर्न सकिनेछ । आमा तथा आमा सरहका मानिसको राय सल्लाह लिएर अगाडि बढे केही मात्रामा सफलता पाईनेछ ।समयको गति सँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारी बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रनेछ ध्यान दिनु उचित होला । खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ ।

 

कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रोकिएका कामहरु नियमित सुचारु हुँनेछन् । माया प्रेममा नजिकिने समय रहेको छ भने दाम्पत्य सम्बन्धमा सुधार गर्दै लैजान सकिनेछ । दाजुभाई तथा छिमेकीबाट तपाईले शुरु गर्नुभएको व्यापार व्यवसायमा सहयोग तथा समर्थन हुने हुँनाले प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । पराक्रम बढ्ने हुँनाले नयाँ काम गर्ने जोस जाँगर बढेर आउँनेछ ।

 

सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पछि सम्म आम्दानी हुने व्यवसायमा लगानि बढाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईको काममा समयोग गर्नेछन् । थोरै बोलेर प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ ।

कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउँन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउँन सकिनेछ । तपाईको लवाई खवाई देखेर सबैजना मोहित हुनेछन् ।

 

 

तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुस हुनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यवसायमा केही समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोकाहुने तथा घर परिवारमा आफन्त सँग घरायसी कुरामा विवाद सिर्जना हुनेछ ।

 

वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । व्यवसायबाट मनग्गे फाईदा हुनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । बिभिन्न किसिममा भौतिक लाभ हुनेछने भने सवारि साधन प्राप्तिको योग रहेको छ । अध्ययनमा मन जानेछ ।

 

धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

परिवार तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न सहयोग पुग्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुँने योग रहेको छ । समस्याहरुको समाधान गरि आम्दानीका स्रोत हरु बढाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुबा वा बुबा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ ।

 

मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धार्मिक स्थल तथा मन्दिरको यात्रा तय गर्न सकिनेछ । आफुभन्दा ठुला मानिसको सहयोग तथा समर्थन पाईने हुँदा मन प्रशन्न रहनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जाने हुनाले आफन्त तथा शिक्षकहरु खुशी हुनेछन् । नयाँ योजना भए सार्वजनिक गरेर फाईदा लिन सकिनेछ ।


कुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । व्यवसायमा भने जस्तो आम्दानी नहुँने हुँनाले दैनिक गुजारा चलाउँन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् ।

 

मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

रमाईलो यात्रा हुने सम्भावना बढ्नेछ । व्यापारको सवालमा बिशिष्ट मानिसहरु सँग भेटघाट हुँने योग रहेको छ । पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त होला । पढाई लेखाईमा उल्लेख्य सुधार भई राम्रो नतिजा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त तथा साथीभाई सँग भेट्ने अवसर प्राप्त हुँदा रमाईलो हुँनेछ ।nepaliheadlines.com

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर