Aamsanchar

तेह्रवटा मिनी पावर टिलर वितरण

Author Image
मङ्गलवार, चैत १, २०७३

इलाम।

जिल्ला कृषि विकास कार्यालय इलामले सोमबार जिल्लाका विभिन्न क्षेत्रका सहकारी र कृषक समूहलाई यो वर्ष १३ वटा मिनीपावर टिलर वितरण गरेको छ ।

कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रमअनुसार विभिन्न समूह र सहकारीलाई यस्तो सहायता उपलब्ध गराएको कार्यालयका योजना अधिकृत प्रकाशमणि काफ्लेले जानकारी दिनुभयो ।

किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन विगत सालदेखि जिल्ला कृषि विकास कार्यालयले जिल्लाभर हालसम्म ७२ वटा मिनी पावर टिलर उपलब्ध गराइसकेको कार्यालयका प्रास उद्धव पौडेलले जानकारी दिनुभयो । यो वर्ष ११ हर्सपावर क्षमताका पावर टिलर श्रेष्ठ एग्री इन्पुट्स काठमाडौँबाट खरिद गरिएको कार्यालयले जनाएको छ ।

एउटा पावर टिलरको करिब रु ८४ हजार लागत रहेको र उक्त लागतको ५० प्रतिशत समूह र सहकारीले व्यहोरेका थिए । जिल्लाका किसानमा खेतबारी जोत्नका लागि यस किसिमका मिनी पावर टिलरको आकर्षण बढ्न थालेको छ । समूह र सहकारीले मिनी टिलर सञ्चालन गरी किसानलाई सेवा दिएर आन्तरिक आयआर्जनसमेत गर्ने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर